जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाईनलमा

२०७७ आश्विन २० गते, मंगलवार


काठमाडौं । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको चौथो चरणको खेलमा शिर्ष वरियताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । रुसका करेन खाच्नोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।
विश्व नम्बर एक जोकोभिचले करेनमाथि ६–४, ६–३ र ६–३ को जित निकाले । दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिच १४ औं पटक प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।
उता, बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई ६–३, ७–६ र ६–२ ले हराउँदै पाँचौं वरीयताका ग्रिक खेलाडी स्टेफानोस सित्सिपास पनि क्वाटरफाइनलमा पुगेका छन् । महिलातर्फ रुसकी पेट्रा कितोभा, अमेरिकाकी सोफिया केनिन र जर्मनीकी लौरा सिगेमण्ड क्वाटरफाईनलमा उक्लेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु