आईपीएलमा कोलकत्ता नाइट राइडर्स विजयी

२०७७ आश्विन ११ गते, आईतवार

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो ।
खराब सुरुवातका बाबजुद कोलकाताले १४३ रनको लक्ष्य १८ ओभर खेल्दै तीन विकेटको क्षतिसहित विजयी भएको हो । कोलकाताका ओपनर शुन्य रनमा आउट भए भने नितिस रानाले १३ बलमा २६ रनको पारी खेले । राना टि नाटराजनको बलमा आउट भए भने कप्तान दिनेश कार्तिक पनि बिना रन रशिद खानको बलमा एलबीडब्लुको शिकार भए । ६२ बलको सामना गरेका आपनर सुभम गिलले अविजित रहँदै ७० रन बनाए । त्यस्तै ओईन मोर्गनले पनि २९ बलमा ४२ रनको पारी खेले ।
उनीहरुले चौथो विकेटका लागि अविजित ९२ रनको साझेदारी गरे । यसअघि शेख जायद रंगशाला, अबुधबीमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पूरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनमा समेटिएको थियो । हैदराबादको तर्फबाट ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरेका मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु