खेल

आईपीएलमा पुन: मुम्बई इन्डियन्स च्याम्पीयन

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेकाे छ । मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा […]

२०७७ कार्तिक २६ गते, बुधबार

‘आईपीएल’ क्रिकेटको फाइनल खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लाई युएईको दुवइ इन्टरनेशनल स्टेडियममा आज बेलुका पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दैछन् । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको उपाधि नजिक पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो […]

२०७७ कार्तिक २५ गते, मंगलवार

१४ वर्षपछि आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेकाे छ । युनाइटेडलाइ आर्सनलले १४ वर्षमा पहिलोपटक पराजित गरेको हाे, त्याे पनि उसकै घरेलु मैदानमा । आइतबार राति भएको लिग अन्तरगतकाे खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । याे उसकाे दुर्लभ जित मानिएकाे छ । जितपछि आर्सनल सात खेल खेलेर […]

२०७७ कार्तिक १७ गते, सोमबार

हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो। गए राति भएको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको हो । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।टस हारेर पहिलो […]

२०७७ कार्तिक १६ गते, आईतवार

बार्सिलोनाका अध्यक्ष जोसेपद्वारा राजीनामा

काठमाडौं । पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब पाइरहेका बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा गरेका हुन् । सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन दबाबदिइरहेका थिए । स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ क्लबको […]

२०७७ कार्तिक १२ गते, बुधबार

रोनाल्डोमाथि अनुसन्धान !

काठमाडौं । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान भएको छ । कोरोना भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका रोनालडोले कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका थिए […]

२०७७ कार्तिक ११ गते, मंगलवार

कोलकत्तामाथि पञ्जाबको शानदार जित

काठमाडौँ । सारजहा मैदानमा गए राति सकिएको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १ सय ५० रनको लक्ष पन्जाबले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।यसअघि कोलकोत्ताले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो […]

२०७७ कार्तिक ११ गते, मंगलवार

भारतिय क्रिकेटर कपिलदेबलाई हृदयघात

काठमाडौं । गएराति मध्यरातमा हृदयघात भएपछि भारतिय क्रिकेटर तथा बिश्वकप १९८३ का भारतिय कप्तान कपिलदेब अस्पताल भर्ना भएका छन् । ६१ बर्षिय देबलाइ नयाँ दिल्लीस्थित द फर्टिस स्र्कट हस्पिटलमा भर्ना गरिएको हो । भर्ना अघि छातीको समस्या भएपनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले उनलाइ आइसियुमा भर्ना गरिएको छ, […]

२०७७ कार्तिक ८ गते, शनिबार

मुम्बई इन्डियन्स शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा […]

२०७७ कार्तिक ८ गते, शनिबार

राजस्थानसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौं । गएराति भएकाे इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्‍नइ सुपर किङ्समाथि जित निकालेकाे छ । खेलमा राजस्थानले चेन्‍नइलाई ७ विकेटले पराजित गरेकाे हाे । चेन्‍नइले दिएको १२६ रनको झिनो लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो । राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । […]

२०७७ कार्तिक ४ गते, मंगलवार