कञ्चनपुरका भूमिहीनद्वारा प्रशासन र नगरपालिका समक्ष मागपत्र पेस

२०८१ बैशाख २८ गते, शुक्रबार


काठमाडौँ । सुकुम्बासी संघर्ष समितिले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकालाई माग पत्र बुझाएको छ । बिहीबार संघर्ष समितिले चार बुँदामा मागहरु राख्दै कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने भुमिहीनहरुले मागपत्र बुझाएका हुन् ।
भूमिहीन सुकुम्बासी नागरिकले आफूलाई डर, धम्की देखाउन भन्दा पनि उचित व्यवस्थापन गर्न माग राखेको छ ।

संघर्ष समितिका मागहरु निम्न अनुसार छन् :
१. हामी भूमिहिन सुकुम्वासीहरुलाई राष्ट्रिय भूमि आयोगले दिएको सुकुम्बासी प्रमाणपत्र र निस्सा प्रमाणसहित प्राप्त भएको व्यक्तिको छानविन गरी वास्तविक सुकुम्बासीहरुको स्थायी बसोबासको व्यवस्था गरिनु पर्ने ।
२. राष्ट्रिय भूमि आयोग, कञ्चनपुर जिल्ला प्रशासन, भीमदत्त नगरपालिका र भूमिहिन सुकुम्बासी सहितको संयुक्त छानविन कमिटी गठन हुनुपर्ने ।
३. २०८० चैत्र २२ गते जि.प्र.कार्यालको रोहवरमा सर्वदलिय, सर्वपक्षिय बैठकले गरेको निर्णयमाथि पुर्नविचार गरी भूमिहिन सुकुम्बासी बस्ती खाली गर्ने निर्णय खारेज गरिनु पर्ने ।

४. हामी भूमिहिन सुकुम्बासी जनताको गाँस बास, कपास र शिक्षा, स्वास्थ्य तथा रोजगारको उचित व्यवस्था गरिनु पर्ने ।

५. भूमिहिन सुकुम्बासी वस्ती बाहेक अन्य भू-अतिक्रमणकारीहरुलाई हटाई कारवाहीको दायरामा ल्याउनु पर्ने ।

प्रतिक्रियाहरु