नाडालले जिते १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

२०७७ आश्विन २६ गते, सोमबार


काठमाडौं । गएराति पेरिसमा भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनिस खेलाडी राफायल नाडालले १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् । नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् । नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । ३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।
यससँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् । महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् । फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् । १९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

राजस्थानसँग चेन्नई ७ विकेटले पराजित

२०७७ कार्तिक ४ गते, मंगलवार

रोनाल्डोलाई कोरोना संक्रमण

२०७७ आश्विन २८ गते, बुधबार

जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाईनलमा

२०७७ आश्विन २० गते, मंगलवार