खेल

आहा रारा गोल्डकप घाटामा

काठमाडौं । आहा रारा गोल्डकप २० औँ संस्करणको आयोजक सहारा क्लब पोखराले रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको जनाएको छ । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण […]

२०७९ श्रावण १४ गते, शनिबार

महिला युरोकप फुटबल : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो । जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो । खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता […]

२०७९ श्रावण १२ गते, बिहीबार

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा पाराग्वेलाई २-० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको […]

२०७९ श्रावण ११ गते, बुधबार

माल्दिभ्सविरुद्ध नेपालको ४–० गोलको सानदार जित

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। भारतको भवनेश्वरस्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले सुखद सुरुवात गरेको हो। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको हो। नेपालका लागि दिपेश गुरुङले पहिलो गोल गरेका थिए। उनले ४१ मिनेटमा गोल गरेका थिए।त्यस्तै सुगम सुवालले ५८ मिनेटमा दोस्रो गोल गरे भने तेस्रो गोल ६१ […]

२०७९ श्रावण १० गते, मंगलवार

साफ महिला फुटबल च्याम्पियनसिपको तयारी तीव्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबलको तयारी तीव्र पारिएको जनाएको छ । एन्फाले प्रतियोगिता आयोजनाको लागि विभिन्न समिति गठन गरेर तयारी तीव्र पारेको हो । प्रतियोगिताको लागि नेपाली टोलीको प्रशिक्षण आज साेमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रिय खेलकुद […]

२०७९ श्रावण ९ गते, सोमबार

महिला युरोकप: बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

काठमाडौँ । स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो । खेलमा स्विडेनले दबाब राखेको थियो। इन्जुरी समयमा लिन्डा सेम्ब्रान्टले गरेको एक गोल नै निर्णायक बन्यो । यससँगै बेल्जियम प्रतियोगितबाट बाहिरिएको छ। अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको […]

२०७९ श्रावण ७ गते, शनिबार

बेल्जियम युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा बेल्जियमलाई विजयी गराउन टिने डे केग्नीले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेकाे हाे । यहि समूहको अर्को खेलमा आइसल्याण्डले फ्रान्ससँग १–१ गोलको बराबरी […]

२०७९ श्रावण ३ गते, मंगलवार

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा बेल्जीयमलाई हराउँदै फ्रान्स प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्सले बेल्जीयमलाई २–१ ले पराजित गरेकाे हाे । खेलमा फ्रान्सलाई विजयी गराउन कादिदियातु दियानी र एम्बोक बाथीले १–१ गोल गरेका थिए । बेल्जीयमको लागि जेनिस केम्यानले एक गोल फर्काइन् । गएराति भएको […]

२०७९ असार ३१ गते, शुक्रबार

युरोकप महिला फुटबलमा फ्रान्स बिजयी

काठमाडौं । युरोकप महिला फुटबलमा इटालीलाई ५–१ ले हराउँदै फ्रान्सले बलियो दावेदारी दिएको छ । गएराति इंग्ल्याण्डको रोथरह्याममा भएको खेलमा फ्रान्सले फराकिलो जित निकालेको हो । फ्रान्सका लागि ग्रेसी गेयोरोले ह्याट्रिक गर्दा मेरी काटोटो र डेल्फीन क्यास्कारिनोले १–१ गोल थपेका छन् । फ्रान्सले सबै पाँच गोल मध्यान्तर अघि गरेको थियो ।पराजित टोली इटालीकी मार्टिना पिएमोन्तेले […]

२०७९ असार २७ गते, सोमबार

११ औं विश्व खेलकुद शुरु

काठमाडौं । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउँने छन् । जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा […]

२०७९ असार २४ गते, शुक्रबार