ब्राजिल कोपा अमेरिकाको फाइनलमा

२०७९ श्रावण ११ गते, बुधबार


काठमाडौं । सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा पाराग्वेलाई २-० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको १६औं मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा पनि ब्राजिलले पाराग्वेलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो । योसँगै ब्राजिल सबै ९ संस्करणको फाइनलमा पुग्न सफल भएको छ । अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्वियासँग साउन १४ गते राति प्रतिस्पर्धा गर्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु