युरोकप महिला फुटबलमा फ्रान्स बिजयी

२०७९ असार २७ गते, सोमबार

काठमाडौं । युरोकप महिला फुटबलमा इटालीलाई ५–१ ले हराउँदै फ्रान्सले बलियो दावेदारी दिएको छ । गएराति इंग्ल्याण्डको रोथरह्याममा भएको खेलमा फ्रान्सले फराकिलो जित निकालेको हो । फ्रान्सका लागि ग्रेसी गेयोरोले ह्याट्रिक गर्दा मेरी काटोटो र डेल्फीन क्यास्कारिनोले १–१ गोल थपेका छन् । फ्रान्सले सबै पाँच गोल मध्यान्तर अघि गरेको थियो ।पराजित टोली इटालीकी मार्टिना पिएमोन्तेले एक सान्तोना गोल फर्काएकी हुन् । जितसँगै फ्रान्सले युरोकप महिला फुटबलको समूह ‘डि’ मा तीन अंकसहित अग्रता लिएको छ । यो समूहमा १–१ अंक जोडेका आइसल्याण्ड र बेल्जीयम क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । इटाली भने समूहको पुछारमा रहेको छ । आइतबार राति भएको अर्को खेलमा बेल्जीयम र आइसल्याण्डले एक उक गोलको बराबरी खेलेका छन् । युरोकप फसटबलमा सोमबारबाट समूहका दोस्रो चरणका खेलहरू सुरू हुँदैछन् ।
साेमबारराति आयोजक इंग्ल्याण्डले नर्वेसँग खेल्दा अष्ट्रिया र नर्दन आयरल्याण्ड भिड्ने भएका छन् ।

प्रतिक्रियाहरु