समाज

मापदण्ड बमोजिम बनेका घर सुरक्षित

काठमाडाैं, २९ वैशाख ।नेपाल इन्जिनियर्स एसोसिएसनको आह्वानमा भूकम्पले क्षति पुर्‍याएका घर बस्न योग्य रहे/नरहेको यकिन गर्ने कार्यमा स्वयम्सेवी रुपमा खटिएका इन्जिनियरहरुको अवलोकनले डिजाइन गरी नक्साको मापदण्डबमोजिम बनेका राजधानीका अधिकांश घर विनाशकारी भूकम्पबाट सुरक्षित रहेको देखाएको छ । वैशाख १८ गतेदेखि सुरु भएको सो जाँचमा झन्डै तीन हजार इन्जिनियरले आजसम्म उपत्यकामा २८ हजारभन्दा बढी भूकम्पले क्षति […]

२०७२ बैशाख २९ गते, मंगलवार

भूकम्पवाट ज्यान जानेको संख्या आठ हजार नाघ्यो

काठमाडौं । गतवैशाख १२ गते गएको बिनासकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार २० पुगेको छ । गृह मन्त्रालयका अनुसार घाइते हुनेको संख्या १७ हजार ८ सय ६६ पुगेको छ ।सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १ सय ७ जनाको ज्यान गएको छ भने काठमाडौंमा एक हजार २ सय २२ को ज्यान गएको छ । […]

२०७२ बैशाख २८ गते, सोमबार

क्षति पुगेका ५० प्रतिशत घरमा मात्रै बस्न मिल्ने

काठमाडौँ ,२७ बैशाख । दुई साता अघि आएको विनाशकारी महाभूकम्पका कारण क्षति पुगेका राजधानीका घरमध्ये ५० प्रतिशतमात्रै बस्नयोग्य देखिएका छन् ।नेपाल इन्जिनियर्स एसोसिएसनले काठमाण्डु, भक्तपुर र ललितपुरमा अनुगमन गरेका क्षतिग्रस्त घरमध्ये आधा बस्न लायक नरहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।एसोसिएनसले भूकम्पप्रभावित क्षेत्रका ३० हजारभन्दा बढी घरको अनुगमन सेकेको छ । तीमध्ये २० देखि २५ प्रतिशत […]

२०७२ बैशाख २७ गते, आईतवार

घर भत्काउँदै हुनुहुन्छ ? फोटो खिच्न नबिर्सनोस् !

काठमाडौं । काठमाडौ उपत्यका विकाश प्राधिकरणले क्षति भएको घर वरिपरिको स्थान र पूर्ण संरचना देखिने गरी घरको फोटोहरु खिचेर मात्रै घर भत्काउन आग्रह गरेको छ ।प्राधिकरणका विकास आयुक्तहरुको संयोजकत्वमा गृह, संघीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको समितिको बैठकले यस्तो जानकारी दिएर घर भत्काउन आहृवान गरेको हो । भूकम्पले […]

२०७२ बैशाख २७ गते, आईतवार

कृषि मन्त्रालयका कर्मचारीद्वारा साखुमा सरसफाइ

काठमाडौं,२६ वैशाख ।कृषि विकास मन्त्रालय तथा यस मातहतमा कार्यरत नेपाल सरकारका कर्मचारीहरुले शनिबार बिहान काठमाडौंको साँखुस्थित भुकम्पले क्षति पुर्याएका भवन तथा धरोहरका भग्नावशेषमा अड्किएका वस्तुहरु हटाउनुका साथै उक्त क्षेत्रको सरसफाइ गरेका छन् । उक्त क्षेत्रमा १ सय ७ जनाको ज्यान जानुका साथै धेरै मानिसहरु घाइते भएको सरकारले जनाएको छ।साँखुका अधिकांश घर भत्केका छन् । सरसफाइ […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्पमा परी मृत्यु हुनेको संख्या झन्डै ८ हजार

काठमाडौं । भूकम्पबाट मृत्यु हुनेको संख्या झन्डै ८ हजार पुगेको छ ,नेपाल प्रहरीले उपलब्ध गराएको सख्या अनुसार शुक्रबार सम्म ७ हजार ८८५ को मृत्यु भएको छ भने १५ हजार ९४४ जना घाइते भएका छन् ।भूकम्पवाट सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा ३ हजार ३५ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौंमा १ हजार २१०, नुवाकोटमा ९५०, धादिङमा […]

२०७२ बैशाख २५ गते, शुक्रबार

आज बिहानै भुकम्पका तीन धक्का

काठमाडौं,२५ वैशाख । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पराकम्पन जानेक्रम जारी छ । शुक्रबार बिहानै पनि तीनओटा पराकम्प महसुस गरिए । बिहान ६ बजेर १७ मिनेटमा दोलखा–सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ५ म्याग्निच्यूडको पराकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै, शुक्रबार बिहान ८ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ […]

२०७२ बैशाख २५ गते, शुक्रबार

ताप्लेजुङमा जीप दुर्घटना चारको मृत्यु

काठमाडौँ,२४ वैशाख । ताप्लेजुङमा यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ताप्लेजुङ नगरपालिका-८ मा पर्ने ल्याङ्बामा भीरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिए। दुर्घटनामा परी ८ जना घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था […]

२०७२ बैशाख २४ गते, बिहीबार

संसद्को बैठक बस्दै

काठमाडौँ,२४ वैशाख । भूकम्पका कारण उत्पन्न राष्ट्रिय विपत्तिको अवस्थालगायतका विषयमा छलफल गर्न व्यवस्थापिका संसद् बैठक आज अपराह्न ३ बजेबाट सुरू हुँदैछ । राष्ट्रपति डा रामवरण यादवले यही वैशाख १८ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको थियो । बैठकको कार्यसूची र भूकम्पपछिको मानवीय […]

२०७२ बैशाख २४ गते, बिहीबार

भूकम्पबाट मर्नेको संख्या ७ हजार ७ सय ६०

काठमाडौ, २४ बैशाख । वैशाख १२ गते गएको भूकम्पबाट अहिलेसम्म ७ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार घाइतेको संख्या १५ हजार ९ सय ११ पुगेको छ । उद्धारको धेरै काम सकिए पनि केही ठाउँमा उद्धार पनि भइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । यसैबीच […]

२०७२ बैशाख २४ गते, बिहीबार