क्षति पुगेका ५० प्रतिशत घरमा मात्रै बस्न मिल्ने

२०७२ बैशाख २७ गते, आईतवार

काठमाडौँ ,२७ बैशाख । दुई साता अघि आएको विनाशकारी महाभूकम्पका कारण क्षति पुगेका राजधानीका घरमध्ये ५० प्रतिशतमात्रै बस्नयोग्य देखिएका छन् ।नेपाल इन्जिनियर्स एसोसिएसनले काठमाण्डु, भक्तपुर र ललितपुरमा अनुगमन गरेका क्षतिग्रस्त घरमध्ये आधा बस्न लायक नरहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।एसोसिएनसले भूकम्पप्रभावित क्षेत्रका ३० हजारभन्दा बढी घरको अनुगमन सेकेको छ । तीमध्ये २० देखि २५ प्रतिशत घर बस्नै नसकिने गरी भत्किएका छन भने २५ देखि ३० प्रपितशत घर सामान्य मर्मतपश्चात बस्न सकिने देखिएको एसोसिएनसका अध्यक्ष ध्रुवराज थापाले जानकारी दिए ।
शुक्रबारसम्म निरीक्षण गरिएका क्षतिग्रस्त घरमध्ये उपत्यककाका ५० प्रतिशत मात्रै बस्न योग्य देखिए । उनले भने,‘जिल्लाको विवरण १ साताभित्र आउनेछ ।’
एसोसिएनसले उपत्यकाबाहिरका जिल्लाको पनि निरीक्षण सुरु गरिसकेको छ ।काठमाडौँको तुलनामा बाहिरको अवस्था झनै नाजुक छ । सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, गोरखा, रसुवा, धादिङ, दोलखालगायत जिल्लामा औसत ९० प्रतिशत घर क्षतिग्रस्त भएका छन् ।–कारोबार दैनिकबाट

प्रतिक्रियाहरु