भूकम्पबाट मर्नेको संख्या ७ हजार ७ सय ६०

२०७२ बैशाख २४ गते, बिहीबार

काठमाडौ, २४ बैशाख । वैशाख १२ गते गएको भूकम्पबाट अहिलेसम्म ७ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार घाइतेको संख्या १५ हजार ९ सय ११ पुगेको छ । उद्धारको धेरै काम सकिए पनि केही ठाउँमा उद्धार पनि भइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
यसैबीच सरकारले भने आज पनि राहत वितरणको कामलाई नै सक्रियरुपमा संचालन गर्ने बताएको छ । तर प्रभावित जिल्लाका विभिन्न गाउँबाट भने राहत नै नपुगेको तथा एकदमै न्यून मात्र पाएको गुनासो गरिरहेका छन् ।
नेपाल प्रहरीका अनुसार यो संख्या बिहीबार बिहान छ बजेसम्मको हो । गृह मन्त्रालयका अनुसार हालसम्म सिन्धुपाल्चोकमा सबैभन्दा बढी दुई हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी भुकम्पमा परी काठमाडौंमा १ हजार २ सय ९ जना,नुवाकोटमा ९ सय ३० जना,धादिङमा ७ सय २ जना,रसुवामा ४ सय ५६ जना,गोरखामा ४ सय १२ जनाको मृत्यु भएको छ । त्यसैगरी काभ्रेपलान्चोकमा ३ यस १७ जना,भक्तपुरमा ३ सय ८ जना, ललितपुरमा १ सय ७४ जना,दोलखामा दोलखामा ७३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी रामेछापमा २७,सोलुखुम्बुमा २२,ओखलडुंगामा १९,सिन्धुलीमा १०,सुनसरी र चितवनमा ७-७ जनाको मृत्यु भएको छ । त्यस्तै बारा,पर्सा र लमजुङमा ५-५ जना,भोजपुर र कास्कीमा २-२ जना तथा ताप्लेजुङ,धनुषा,सर्लाही,रौतहट,नवलपरासी,तनहुँं,रोल्पा र रुकुममा एक एक जनाको मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु