आज बिहानै भुकम्पका तीन धक्का

२०७२ बैशाख २५ गते, शुक्रबार

काठमाडौं,२५ वैशाख । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पराकम्पन जानेक्रम जारी छ । शुक्रबार बिहानै पनि तीनओटा पराकम्प महसुस गरिए । बिहान ६ बजेर १७ मिनेटमा दोलखा–सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ५ म्याग्निच्यूडको पराकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै, शुक्रबार बिहान ८ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प गएको छ ।
यसअघि शुक्रबार बिहान दुई बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ म्याग्निच्यूडको पराकम्प गएको केन्द्रले जनाएको छ ।विहीबार पराकम्पका तीन धक्का गएका थिए ।
भूकम्पविद्हरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । ५ म्याग्निच्यूडसम्मका धक्काहरु खासै हानीकारक नहुने पनि उनीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रियाहरु