समाज

बैशाख १२ यता ४ सय ५२ पटक भुकम्पको धक्का

काठमाडौँ, २९ वैशाख । अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछिको सबैभन्दा ठूलो परकम्प गएकै दिन आज धादिङको मार्पाकमा ४.४ रिक्टर स्केलको परकम्प गएको छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ रिक्टरको भूकम्पपछि वैशाख २९ गते दोलखाको सिङ्गटी केन्द्रविन्दु भई ६.९ रिक्टरको शक्तिशाली परकम्प गएको थियो । उक्त परकम्पले दोलखामा सबैभन्दा क्षति पु¥याएको थियो । धादिङको मार्पाक […]

२०७३ बैशाख २९ गते, बुधबार

गृहमन्त्रीद्वारा बहुउद्देश्यीय शिरीष हलको उदघाटन

काठमाडौँ, २९ बैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको हाता भित्र निमार्ण गरिएको बहुउद्देश्यीय “शिरीष हल”को उदघाटन गरेका छन । उक्त भवन ४४ लाख ३ हजार ५ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । कार्यक्रममा गृहमन्त्री बस्नेतले १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा सहभागी भई […]

२०७३ बैशाख २९ गते, बुधबार

कहाँ हराए ११ सय जंगेपिल्लर

काठमाडौ, २९ बैशाख । नेपाल भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ जंगेपिल्लर बेपत्ता भएका छन् । भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ […]

२०७३ बैशाख २९ गते, बुधबार

सरकार, के हेरेर बसेको छ ? : देउवा

काठमाडौ, २८ बैशाख । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ‘म्यादी’ सरकारले ल्याएको बजेट म्यादी नै हुने बताएका छन् । उनले संसदमा म्यादी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन्छ भन्ने बिश्वास पनि नरहेको बताए । देउवाले ‘म्यादी’ शब्द आफूले नल्याएको प्रस्ट पार्दै भने, ‘म्यादी मैले भनेको […]

२०७३ बैशाख २८ गते, मंगलवार

टेन्ट र पालमा बसेकालाई सामूहिक आवास

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्षको भूकम्पबाट प्रभावित भई हालसम्म टेन्ट वा पालमुनि बसिरहेका घर परिवारको वास्तविक सङ्ख्या यकिन गर्ने कार्य जिल्ला दैवीप्रकोप उद्धार समितिलाई जिम्मा दिएको छ । हाल प्रभावित जिल्लामा इन्जिनियरलाई समेत परिचालन गरी प्राप्त तथ्याङ्कका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्ला आयोजना कार्यान्वयन एकाइलाई समेत परिचालन गरी निर्माण सामग्रीको […]

२०७३ बैशाख २८ गते, मंगलवार

राप्ती नदीमा माछा मार्न निषेध

काठमाडौँ, २७ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न निषेध गरिएको छ । माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले बताए । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै […]

२०७३ बैशाख २७ गते, सोमबार

प्रहरीद्वारा अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा

काठमाडौँ, २७ वैशाख । नेपाल प्रहरी महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा मारेको छ । ताहाचलछापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र […]

२०७३ बैशाख २७ गते, सोमबार

आवास अनुदान वितरणमा सबै बैंकलाई सहभागी गराइने

काठमाडौँ, २७ वैशाख । विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ । बैंकका सबै शाखालाई अनुदान वितरणमा सहभागी गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आइतबारको बैठकले निर्णय गरेको हो । यसअघि दोलखाको सिँगटीमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक, आठ […]

२०७३ बैशाख २७ गते, सोमबार

आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ, २७ वैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन […]

२०७३ बैशाख २७ गते, सोमबार

निकुञ्जको जग्गामा भूमाफियाको दादागिरी

काठमाडौं, २६ बैशाख । काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर ‘रिसोर्ट’ खोल्ने क्रम बढेको छ । चिसापानी काठमाडौँको गोकर्णेश्वर नगरपालिका, सिन्धुपाल्चोकको हैबुङ गाविस र नुवाकोटको तलाखु गाविसको सीमासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । यो बाटो भएरै विदेशी पर्यटक गोसाइँकुण्ड, लाङटाङ, पाँचपोखरी, मेलम्ची, […]

२०७३ बैशाख २६ गते, आईतवार