अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको अध्यक्षमा दिनेश सी

२०८१ जेष्ठ १२ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको दोस्रो जिल्ला सम्मेलनले दिनेश सीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा संकल्प सी र राकेश सी, सचिवमा रामबहादुर सी, सहसचिवमा प्रेम सी र कोषाध्यक्षमा चन्द्र सी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गंगा सी, कृष्ण सी, दीपक सी, रिगमान सी, गर्जन सी, धनबहादुर सी, निर्मला सी, सावित्रा सी, हरि सी, देवीराम सी, राजकुमार सी, दीपक सी, ईश्वरी सी, सर्मिला सी चयन भएका हुन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय आयोजक समितिका सदस्य खीम सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सविनले शुभकामना मन्तव्य दिँदै पूँजीवादीले गर्दा मजदुरहरुको रोजिरोटी खोसिदै गएको बताए । उनले पूँजीवादी सत्ताले मजदुरहरुको पेशा खोस्न र मुनाफा कमाउने र संसारका बहुसंख्यक मानिसलाई कामविहीन बनाउने भएको हुँदा त्यसको विरुद्धमा हामीहरू एकजुट भएर लड्नुपर्ने उद्घोष गरे । अहिले नेपालमा विभेदकारी सत्ताकै कारणले आम मानिसले शोषण, दमन र उत्पीडन खेप्न परिरहेकोले यो सत्ता परिवर्तन गर्नुपर्ने र त्यसका लागि सबै मानिसहरु सजक भएर संगठनमा आवद्ध हुनुपर्ने इञ्चार्ज सविनको भनाइ थियो ।
सम्मेलन आयोजक समितिका सदस्य संकल्प सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय प्रदीप सी, पाटन सी, पार्टीका जिल्ला सेक्रेटरी तीलक सी, युवा संगठनका दाङ जिल्ला इञ्चार्ज पदम सीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनमा महासंघका केन्द्रीय सदस्य खीम सीले प्रस्तुत गरेको प्यानल प्रस्तावबाट नवनिर्बाचित कमिटीलाई पार्टीका घोराही इञ्चार्ज विकास सी र शान्तिनगरका इञ्चार्ज जनक सीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका सम्मेलन आयोजक समितिका सदस्य दिनेश सीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु