बैशाख १२ यता ४ सय ५२ पटक भुकम्पको धक्का

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौँ, २९ वैशाख । अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछिको सबैभन्दा ठूलो परकम्प गएकै दिन आज धादिङको मार्पाकमा ४.४ रिक्टर स्केलको परकम्प गएको छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ रिक्टरको भूकम्पपछि वैशाख २९ गते दोलखाको सिङ्गटी केन्द्रविन्दु भई ६.९ रिक्टरको शक्तिशाली परकम्प गएको थियो । उक्त परकम्पले दोलखामा सबैभन्दा क्षति पु¥याएको थियो ।
धादिङको मार्पाक केन्द्रविन्दु भई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि एक वर्षसम्म परकम्प र बीचमा नयाँ स्थानमा केही साना भूकम्प पनि गएका छन् । पछिल्लो समय परकम्प आउने क्रम पातलिएको छ । यसअभिघ वैशाख २३ गते गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाइ ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अघिल्लो वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४५२ परकम्प गएको छ । सरकारी विवरण अनुसार भूकम्पबाट नौ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजार भन्दा बढी घाइते भएका थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु