सरकार, के हेरेर बसेको छ ? : देउवा

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौ, २८ बैशाख । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ‘म्यादी’ सरकारले ल्याएको बजेट म्यादी नै हुने बताएका छन् । उनले संसदमा म्यादी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन्छ भन्ने बिश्वास पनि नरहेको बताए । देउवाले ‘म्यादी’ शब्द आफूले नल्याएको प्रस्ट पार्दै भने, ‘म्यादी मैले भनेको हैन । सत्तापक्षका नेताहरुले नै आफ्नो सरकारलाई म्यादी भनिरहनु भएको छ ।’ उनले संसदमा न्यायापालिका तथा राजदूत नियुक्तिमा समेत हस्तक्षेप भएको आरोप लगाउदै , ‘नकाबन्दी भएको थियो । तर नाकाबन्दी खुलेको पनि तीन महिनाभन्दा बढी भयो । बजारमा कालोबजारी उस्तै छ । तेल, ग्यास लयगायतको हाहाकार नै छ । देउवाले प्रश्न गरे , सरकार, के हेरेर बसेको छ ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु