सिधुवारन दौड प्रतियोगितामा अक्कलबहादुर पल प्रथम

२०८१ जेष्ठ १२ गते, शनिबार

काठमाडौँ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर ६ सिधुवामा चण्डीपूर्णिमाको अवसरमा सिधुवारन दौड आयोजना गरिएको थियो । उक्त दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अक्कल बहादुर पल प्रथम भएका छन् । यस्तै आर्मीकै भुपेन्द्र सुनार दोश्रो र छथर जोरपाटी गाउँपालिकाका अर्जुन लिम्बु तेश्रो भएका छन । यस्तै, महिलातर्फ सिर्जना पाण्डे प्रथम भएकी छन भने जुही राई दोश्रो र विनीता राई तेश्रो भए । प्रतियोगितामा २१ महिला सहित ७३ जनाको सहभागीता रहेका थियो । प्रथम, दोश्रो र तेश्रो हुनेले नगद २५ हजार ५ सय २५, दोश्रोले २० हजार २ सय २५ र तेश्रोले १५ हजार १ सय १५ रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु