जनपत्रकार संगठनद्वारा प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय

२०८१ जेष्ठ १२ गते, शनिबार


काठमाडौँ । जनपत्रकार संगठन नेपालको सचिवालय बैठकले संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ । शुक्रबार बुद्धनगरमा बसेको बैठकले प्रकाशको नेतृत्वमा बसन्त वि.क, शोभराज बराल, शाहस भट्ट, सुदर्शनराज पाण्डेलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।
आगामी जेठ २६ गते हुने निर्वाचनमा एलायन्सका लागि अरु संगठनहरुसँग छलफल गर्ने अध्यक्षको नेतृत्वमा कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलमा उपाध्यक्ष जानकारी चौधरी र सल्लाहकार राजेन्द्र चिमौरियालगायत रहेका छन् । शेरबहादुरको अध्यक्षतामा बसेको बैठकमा नेकपा स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अनिल सीले संगठन वैचारिक र राजनीतिक रुपमा बलियो भएकाले संगठनको जित निश्चित भएको बताए । साथै, उनले संगठनका सबै उम्मेदवारलाई सहयोग गर्न निर्देशन पनि दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु