राप्ती नदीमा माछा मार्न निषेध

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौँ, २७ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न निषेध गरिएको छ । माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले बताए । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उनको भनाइ छ । स्थानीयवासीलाई विभिन्न तालिम, सीप दिएर वैकल्पिक पेसातर्फ आकर्षित गराई माछा मार्न बन्द गराइएको पूर्वी चितवनको बूढीराप्ती उपभोक्ता समितिका गोविन्द दराईंले बताए । दुर्घटना हुने र संरक्षित जीवजन्तुको वासस्थानमा असर पार्ने हुनाले माछा मार्ने कार्य बन्द गराइएको बताइएको छ । उक्त क्षेत्रमा निकुञ्जले माछा मार्न हाते जाल प्रयोगका लागि अनुमतिपत्र दिने गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु