सहिद वीरजङ्गका जेष्ठ पुत्र वियसको निधन : महासचिव विप्लवद्वारा दुःख व्यक्त

२०८१ जेष्ठ १२ गते, शनिबार

काठमाडौँ । महान् सहिद विरजंङ्गका जेष्ठ पुत्र एवम् नेकपाका युवा नेता वियस चन्दको गएराति साढे २ बजे निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टीले वियस निधनप्रति दुःख व्यक्त गरेको छ ।
यस बिषयमा सो पार्टीका महासचिव विप्लव सीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ – ‘महान् सहिद कमरेड विरजंङ्गका जेष्ठ पुत्र एवम् हाम्रो पार्टीका युवा नेता कमरेड वियस चन्दको यही जेठ १२ गते राति साढे २ बजे भएको निधनले हामीलाई दुःखि र मर्माहत गराएको छ । टिचिङ् अस्पताल काठमाडौंमा उपचारको क्रममा रहेका वियसको निधनले सिङ्गो पार्टी र आन्दोलनलाई क्षति पुर्याएको छ ।’
२०३७ साल भाद्र २३ गते रोल्पाको तत्कालीन ईरिवाङ ६, केउरीमा जन्मिएका वियसको ४४ बर्षको उमेरमा भएको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको घडीमा मृतक वियसप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्दछ ।’

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले महान् सहिद विरजंङ्गका जेष्ठ पुत्र एवम् नेकपाका युवा नेता वियस चन्दको आज विहान ११ बजे पशुपति आर्याघाटमा अन्त्येष्टि गरिने जनाएको छ ।

प्रतिक्रियाहरु