प्रहरीद्वारा अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौँ, २७ वैशाख । नेपाल प्रहरी महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा मारेको छ ।
ताहाचलछापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट उनीहरु विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विमानस्थलमा भइरहेको छापामा श्रम तथा रोजगार मन्त्री दीपक बोहरासमेत सहभागी छन । नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको महाशाखाका प्रमुख खनालले बताए । यस्तै प्रहरीले ताहाचलस्थित श्रम कार्यालयका पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार