राजनीति

प्रहरी महानिरीक्षकमा चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा श्रेष्ठ नियुक्त

काठमाडौं ,१ फाल्गुन । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । लामो विवादपछि आज बिहान बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । यस्तै आजको बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

२०७३ फाल्गुन १ गते, आईतवार

‘प्रचण्ड–ओली अतिवादका नाइके’

काठमाडौँ , २९ माघ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् । शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै सो धारणा राखेका हुन् । खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र […]

२०७३ माघ २९ गते, शनिबार

लोकमानको काम महाभियोग योग्य

काठमाडौँ, २९ माघ । संसद्को महाभियोग सिफारिस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको छानबिन प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई हस्तान्तरण गरेको छ । समितिले अदालतको आदेशानुसार कार्की पदमुक्त भइसकेको अवस्थामा महाभियोग नलाग्ने तर काम कारबाही भने महाभियोग योग्य भएको निष्कर्षसहितको प्रतिवेदन सभामु्खलाई बुझाएको हो । समितिका ज्येष्ठ सदस्य कुमारीलक्ष्मी राईले सभामुख घर्तीलाई […]

२०७३ माघ २९ गते, शनिबार

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदबाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले शुक्रबार पारित गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको […]

२०७३ माघ २८ गते, शुक्रबार

नाता प्रमाणितमा नयाँ नजिर

काठमाडौं, २८ माघ । हाडनाता प्रमाणित गर्ने एकमात्र प्रमाण मानिँदै आएको डीएननए परीक्षण अकाट्य प्रमाण हुन नसक्ने भन्दै सर्वोच्च अदालतले नाता प्रमाणितका लागि अन्य प्रमाण पनि जरुरी हुने फैसला गरेको छ । नाता र अंश विवाद जोडिएको एउटा मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले डीएनए नमिलेको प्रतिवेदन हुँदाहुँदै बाबु–छोरी प्रमाणित गरी अंश दिलाउने फैसला गरेको छ […]

२०७३ माघ २८ गते, शुक्रबार

२०० वकिलद्वारा सामूहिक राजीनामा

काठमाडौं, २७ माघ । न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका छन् । न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका हुन् । उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको […]

२०७३ माघ २७ गते, बिहीबार

संविधान कार्यान्वयन गर्न नसक्नुमा प्रधानमन्त्री दोषी

काठमाडौं, २७ माघ । संविधान संशोधन र निर्वाचन घोषणाबारेको अन्योलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध प्रमुख प्रतिपक्षी एमालेसँगै सत्ता गठबन्धन दल कांग्रेसको आक्रमण पनि तीव्र हुन थालेको छ । संविधान घोषणाको डेढ वर्ष बितिसक्दा पनि सरकारले संविधान कार्यान्वयन गर्न नसक्नुमा प्रधानमन्त्री दाहाल दोषी रहेको एमाले नेतृत्वको दाबी छ । आगामी एक वर्षभन्दा कम समयमा स्थानीय, प्रान्तीय […]

२०७३ माघ २७ गते, बिहीबार

‘महाभियोग प्रस्तावमा लोकमानविरुद्ध लगाइएका अधिकांश आरोप पुष्टि’

काठमाडौं, २६ माघ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार गरेको छ । व्यवस्थापिका–संसदको महाभियोग सिफारिस समितिअन्तर्गत् गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए । सर्वाेच्च अदालतबाट कार्की अयोग्य ठहर भइ पदमुक्तसमेत भइसकेको हुँदा महाभियोग […]

२०७३ माघ २६ गते, बुधबार

निर्वाचन आयोगद्वारा सरकारलाई पत्र

काठमाडौं,२६ माघ । निर्वाचन आयोगले सरकारलाई पत्र पठाएको छ । निर्वाचनको तयारी थाल्न सरकारले दिएको निर्देशनयुक्तपत्र अपूर्ण रहेको निष्कर्ष निकाल्दै आयोगले सरकारलाई पुन: पत्र पठाएको हो । आयोगले मुख्यगरी मतदाता नामावलीलाई अन्तिमरुप दिन स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन, मतदानस्थलको निर्णय र निर्वाचनको सम्भावित मिति र आर्थिक सहयोगका विषयमा स्पस्ट पार्न आग्रह गर्दै सरकारलाई पत्र पठाएको […]

२०७३ माघ २६ गते, बुधबार

आजदेखि रुकुम बन्द

काठमाडौं, २६ माघ । तकसेरा सरोकार समितिले रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा राखिनुपर्ने माग गर्दै आजदेखि रुकुम बन्द गरेको छ । तकसेरा सरोकार समितिले रुकुम बन्द गरेसँगै जिल्ला भित्रने र जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन् । स्थानीय तह पुनर्संरचना गर्दा जिल्लाका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक तरिकाले […]

२०७३ माघ २६ गते, बुधबार