निर्वाचन आयोगद्वारा सरकारलाई पत्र

२०७३ माघ २६ गते, बुधबार

काठमाडौं,२६ माघ । निर्वाचन आयोगले सरकारलाई पत्र पठाएको छ । निर्वाचनको तयारी थाल्न सरकारले दिएको निर्देशनयुक्तपत्र अपूर्ण रहेको निष्कर्ष निकाल्दै आयोगले सरकारलाई पुन: पत्र पठाएको हो । आयोगले मुख्यगरी मतदाता नामावलीलाई अन्तिमरुप दिन स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन, मतदानस्थलको निर्णय र निर्वाचनको सम्भावित मिति र आर्थिक सहयोगका विषयमा स्पस्ट पार्न आग्रह गर्दै सरकारलाई पत्र पठाएको हो । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले सरकारको पत्रमा स्थानीय निर्वाचनको काम अगाडि बढाउनमात्र भनिएकाले अन्योल हटाउने गरी स्पस्ट पार्न पत्र पठाइएको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको तयारी थाल्न आयोगलाई निर्देशन त दिइनै रहेका छन् । तर, मिति घोषणा गर्न नसक्दा सम्बन्धित निकाय नै विश्वस्त हुन सकेको छैन ।

प्रतिक्रियाहरु