प्रहरी महानिरीक्षकमा चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा श्रेष्ठ नियुक्त

२०७३ फाल्गुन १ गते, आईतवार

काठमाडौं ,१ फाल्गुन । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । लामो विवादपछि आज बिहान बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । यस्तै आजको बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रतिक्रियाहरु