राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

२०७३ माघ २८ गते, शुक्रबार

काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदबाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले शुक्रबार पारित गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए । – रासस

प्रतिक्रियाहरु