नेपालमा हाइड्रोजनको उत्पादन : इन्धनका रूपमा प्रयोग

२०८० चैत्र १८ गते, आईतवार

काठमाडौँ । नेपालमा हाइड्रोजनको उत्पादन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेको छ । काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरी गाडीमा इन्धनको रुपमा गरेको प्रयोग सफल भएको हो ।
गत कात्तिकमै केयूले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी र रिफ्युलिङ मेसिन ल्याएको थियो । केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा. विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताए ।
उनले सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको बताउदै भने- “हाम्रो डिजाइनमा बनेको रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरेका छौँ । यसले दैनिक बढीमा दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नसक्छ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार