आज दुलर्भ सूर्य ग्रहण : नेपालवाट नदेखिने

२०८० चैत्र २६ गते, सोमबार

काठमाडौँ । आज दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको खगोलविद्हरूले बताएका छन । उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको हो । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । ग्रहणको अवधि ५ घण्टा १० मिनेटको हुनेछ । सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर २ बजेर ७ मिनेटसम्म लाग्ने खगोलविदको भनाइ छ । सूर्य ग्रहण मीन राशि र रेवती नक्षत्रमा लाग्न गइरहेको खगोलविदहरुको भनाइ छ । ग्रहण मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म लाग्ने छ । नेपाल र एशिबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण नदेखिने खगोलविदको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार