Main Banner

युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको पाचौं राष्ट्रियसम्मेलन दिनेश सीको नेतृत्वमा १३३ सदस्यीय केन्द्रीय समिति चयन गर्दै मङ्गलबार सम्पन्न छ । चैत २४ गतेदेखि धनगढीमा सुरु भएको उक्त राष्ट्रिय सम्मेलनले अध्यक्षमा दिनेश सी, उपाध्यक्षमा विश्लेषण सी, लगायत ५ सदस्यीय पदाधिकारी निर्माण गरेको छ । नव निर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेसङ्गै अघिल्लो कार्यसमितिले नेतृत्व […]

२०८० चैत्र २८ गते, बुधबार

‘विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र हुँदैछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको बताएका छन् । मङ्गलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।महासचिव विप्लव सीले कम्युनिस्टहरुले नयाँ खोज अनुसन्धानमा जोड दिने र विज्ञानबाट प्रमाणित कुरालाई प्रयोग गर्दै जनतामा […]

२०८० चैत्र २७ गते, मंगलवार

वर्तमान आर्थिक-राजनीतिक संकटको निकास समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल सीले वर्तमान आर्थिक-राजनीतिक संकटको निकास समाजवादमात्र भएको ठोकुवा गरेका छन् । जनपत्रकार संगठन नेपालद्वारा सोमबार आयाेजित नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिल सीले […]

२०८० चैत्र २७ गते, मंगलवार

जनयुद्ध र जनआन्दोलनको मर्म नभुलौं

  १० वर्षे जनयुद्ध र २०६२ चैत्र २४ गतेबाट शुरु भएको १९ दिने जनआन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाउन बाध्य पारेको थियो । २०५२ फागुन १ गतेदेखि जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त आह्वानमा २०६२ चैत २४ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो, यही १९ दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाई देशमा लोकतन्त्र […]

२०८० चैत्र २५ गते, आईतवार

‘देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन दिदैनौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन नदिने बताएका छन् । शनिबार धनगढीको खुल्ला मञ्चमा आयोजित युवा संगठन नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उदघाटन सत्रमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । महासचिव विप्लवले एमसीसीमार्फत नेपाल पसेको अमेरिकाले एमसिएमार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी […]

२०८० चैत्र २५ गते, आईतवार

महासचिव विप्लव सी धान रोपाइँमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको उत्पादन क्षेत्रमा धान रोप्दै चैते धान रोपाइँको उद्घाटन गरेको छन । रोपाइँको उद्घाटन गर्दै उनले भने – “चैते धान रोपाई जिल्लाकै पहिलो परिक्षण हो , हामी अहिले परिक्षणकालमा छौ यसले कस्तो प्रतिफल दिन्छ र परिक्षण सफल भएको खण्डमा आगामी वर्ष हरुमा पनि हामी यो कामलाइ अझ […]

२०८० चैत्र २२ गते, बिहीबार

वर्तमान राजनीतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तथा समाजवादी मोर्चाका संयोजक  बिप्लव सीले  वर्तमान राजनीतिक समस्या  समाधानका लागि  नेपाली विशेषताको समाजवाद अनिबार्य भएको  ठोकुवा गरेका छन् । मंगलबार समाजवादी मोर्चा नेपालले आयोजना गरेको  ‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सो ठोकुवा गरेका हुन् ।   उनले  दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित […]

२०८० चैत्र २० गते, मंगलवार

‘क्रान्तिको झण्डालाई कहिल्यै झुक्न दिदैनौं ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने उदघोष गरेका छन् । सो पार्टीद्वारा सोमबार आयोजित शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो उदघोष गरेका हुन्। महासचिव विप्लव सी ले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने उदघोष गर्दै साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट […]

२०८० चैत्र १९ गते, सोमबार

नेकपाका महासचिव बिप्लव सी र नेकपाका मसाल महामन्त्री मोहनबिक्रमबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तथा समाजवादी मोर्चाका संयोजक बिप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटवार्तामा पछिल्लो राजनितीक परिस्थिति, कम्युनिस्ट आन्दोलन र अवस्था, साम्राज्यवादी शक्तिहरुको चलखेल, समाजवादी मोर्चा, कार्यगत एकता र सहकार्यका बिषयमा छलफल भएको बताइएको छ ।

२०८० चैत्र १९ गते, सोमबार

समाजवादी यात्रामा लामबद्ध होऔं

गत असार ४ गते सोमबार संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने उद्देश्य लिएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए । योबीचमा समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा […]

२०८० चैत्र १९ गते, सोमबार