युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी

२०८० चैत्र २८ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको पाचौं राष्ट्रियसम्मेलन दिनेश सीको नेतृत्वमा १३३ सदस्यीय केन्द्रीय समिति चयन गर्दै मङ्गलबार सम्पन्न छ । चैत २४ गतेदेखि धनगढीमा सुरु भएको उक्त राष्ट्रिय सम्मेलनले अध्यक्षमा दिनेश सी, उपाध्यक्षमा विश्लेषण सी, लगायत ५ सदस्यीय पदाधिकारी निर्माण गरेको छ । नव निर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेसङ्गै अघिल्लो कार्यसमितिले नेतृत्व हस्तान्तरण गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेकपाका महासचिव विप्लव सीले बधाई तथा शुभकामना दिएका थिए ।
सम्मेलन पश्चात निवर्तमान अध्यक्ष पाटन सी र त्यही कार्यसमितिका महासचिवलाई बिदाईसँगै सम्मान समेत गरेको छ ।
कार्यक्रमको समापनमा नेकपाका केन्द्रीय सदस्यहरुले नवनिर्वाचित कार्यसमितिलाइ बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने संगठनका पदाधिकारीहरुले आफ्नो प्रतिबद्धता मन्तव्य राखेका थिए ।
प्रतिबद्धता मन्तव्यका क्रममा सम्पूर्ण पधाधिकारीहरुले देशमा देखिएको महङ्गी, भ्रष्टाचार, साम्राज्यवादी हस्तक्षेप, बैंक तथा वित्तीय संस्थाहरुले जनतामा लादेको वित्तिय आतंक, राष्ट्रघाती एमसीसीका विरुद्ध सशक्त प्रतिरोधको कार्यक्रम ल्याउने बताएका थिए ।
सम्मेलन सकिएसङ्गै धनगढीबाट आफ्नो नयाँ कार्यक्रम सार्वजनिक गर्दै युवा मार्चपास गर्ने नवनिर्वाचित अध्यक्ष दिनेश सीले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु