महासचिव विप्लव सी धान रोपाइँमा व्यस्त

२०८० चैत्र २२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको उत्पादन क्षेत्रमा धान रोप्दै चैते धान रोपाइँको उद्घाटन गरेको छन । रोपाइँको उद्घाटन गर्दै उनले भने – “चैते धान रोपाई जिल्लाकै पहिलो परिक्षण हो , हामी अहिले परिक्षणकालमा छौ यसले कस्तो प्रतिफल दिन्छ र परिक्षण सफल भएको खण्डमा आगामी वर्ष हरुमा पनि हामी यो कामलाइ अझ बढी मात्रामा निरन्तरता दिने छौ र अन्य यहाँका किसानहरुलाइ पनि सिकाइ हुनेछ। ”
चैतमा रोपेर असारमा भित्र्याउने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता देखि सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ ।
नेकपाको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्य अनुसार कृषि र उद्योगमा संलग्न भएर अगाडि बढ्ने कार्यक्रम अनुसार महासचिव विप्लव आफैं खेतबारीमा पुग्ने गर्छन् कृषि उत्पादनलाई जोड दिएर पार्टी सामूहिक उत्पादनमा जोडिएको छ, यतिबेला देशैभरी विभिन्न खेतीहरु लगाएर बाँझो जमिनलाई हराभरा पारी उत्पादनलाई अगाडी बढाईरहेको छ ।
पार्टीकै केन्द्रीय कार्यालाय रहेको शिवगढी कपिलवस्तुमा पनि,मकै,तरकारी,तोरी,आलु ,मौरी,माछापालन,पशुपंक्षी,फलफुल लगायत अन्य मौसमी बेमौसमी क्षेत्रमा पनि उत्पादन रहेको छ ।
धान रोपाइँमा कार्यक्रममा महासचिव विप्लव सीको विशेष उपस्थितिमा पार्टीका पि बिएम पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सी, केन्द्रीय कार्यलय सचिव तथा पि बिएम बिजय सी ,जिल्ला इन्चार्ज हेमन्त सी, केन्द्रीय सदस्य सोभा सी ,पार्टीको सल्लाहकार सन्तोसी सी लगायत केन्द्रीय कार्यलयको टोली , जिल्लाका नेताकार्यकर्ताहरु,पत्रकार,तथा स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु