वर्तमान आर्थिक-राजनीतिक संकटको निकास समाजवाद

२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल सीले वर्तमान आर्थिक-राजनीतिक संकटको निकास समाजवादमात्र भएको ठोकुवा गरेका छन् । जनपत्रकार संगठन नेपालद्वारा सोमबार आयाेजित नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिल सीले भने- ‘सबैलाई चाहिएको समाजवाद भएकोले कांग्रेसभित्र विपीकाे समाजवादको छलफल हुनुपर्याे, कम्युनिस्टहरूभित्र पनि समाजवादको छलफल हुनुपर्याे । अहिलेकाे आर्थिक-राजनीतिक संकटबाट क्रस गर्नको लागि तत्काल साेचेनाैँ भने यो विषय हल हुन सक्दैन । समाजमा आर्थिक-राजनीतिक कुरा अगाडि बढाउनका लागि हामीले नेपाली विशेषताकाे समाजवाद अगाडि सारेका छाैँ ।’
यसैगरी, नेता अनिल सीले पत्रकारिता र पत्रकार फरक विषय भएको बताए। उनले स्वतन्त्र पत्रकारिताको बहस अनावश्यक भएको बताउदै भने- ‘पत्रकारिता र पत्रकार फरक हो । पत्रकारिता संधै निश्पक्ष र स्वतन्त्र हुन्छ तर पत्रकार व्यक्ति हो । उ कहिल्यौं पनि स्वतन्त्र हुन सक्दैन ।’

यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले पत्रकारिता समाज रुपमान्तरणको सम्बाहक भएको बताउँदै पत्रकारिता निश्पक्ष हुनुपर्नेमा जोड दिइन् । साथै उनले विरता दिवसको बारेमा पनि धारण राख्दै भनिन – ‘आज चैत २६ गते, नेपाली महिलाले ससस्त्र दंगा प्रहरीको हतियार खोसेर इतिहास रचेको दिन हो ।’, उनले भनिन, ‘महिला आन्दोलनमा आजको दिनको विशेष महत्व छ ।’, शुभकामना मन्तव्य राख्दै उनले भनिन्, ‘हामीले बर्षमा ४ वटा दिवस मनाउँछौं । त्यसमध्ये आजको दिन एउटा हो । आजको दिनमा मालकोट, कालिकोटका महिलाहरुले विरता प्राप्त गरेर इतिहास रचेका थिए । आज हामी २६ औं विरता दिवस मनाइरहेका छौं ।’

उक्त कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका व्युरो इन्चार्ज जीवन भण्डारी, नेकपा पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोका, प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष सागर पन्त, समाजवादी प्रेसका उपत्यका अध्यक्ष आशिष गुरागाई, पत्रकार केशव राज अर्याल, स्वतन्त पत्रकार गंगा बरालले आ-आफ्नो धारणा राख्दै नयाँ बर्ष २०८१ को शुभकामना दिएका थिए ।
संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनकी उपाध्यक्ष जानकी चौधरीले स्वागत मन्तव्यमाफर्त उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य संजिव सी, संगठनका सल्लाहकार राजेन्द्र चिमौरियाको आतिथ्यता रहेको थियो । काठमाडौंको पुतलीसडकस्थित सिटीस्केफ क्याफेमा भएको कार्यक्रमको संचालन संगठनका सचिवालय सदस्य शोभराज बरालले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु