स्वास्थ्य / शिक्षा

ग्लोवलद्धारा अनाथ बालबालिकालाई सहयोग

काठमाडौं ।ग्लोबल पब्लिक स्कुलले काँडाघारीस्थित पयुचर होप नेपाल नामक संस्थालाई भौतिक र शैक्षिक साम्रागी उपलब्ध गराएको छ । पयुचर होप नेपालले २४ जना अनाथ बालबालिकालाई पठन पाठनको व्यवस्था गर्दै आएको छ । पेप्सीकोलास्थित टाउन प्लनानिङमा रहेको ग्लोबल स्कुलले अनाथ बालबालिकाका लागि रु २० हजार बराबरको सामाग्री उपलब्ध गराएको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरी […]

२०७१ श्रावण २३ गते, शुक्रबार

दुई मिनेटमै पाठेघरको क्यान्सर पत्ता लगाइने

काठमाडौ, २२ साउन । सुर्खेतको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा दुई मिनेटमै पाठेघरमा समस्या छ कि छैन भन्ने पत्ता लगाउने पद्धतिको सुरु भएको छ । क्षेत्रीय अस्पतालले औपचारिकरुपमा सुर्खेतमा पहिलो पटक आँखाले प्रत्यक्ष अवलोकन गरेर उपचार गर्ने पद्धति भिआइए सुरु गरेको हो । एक मिनेटमा पाठेघरको मुखमा केमिकल राख्ने र त्यसको एक मिनेटपछि केमिकलबाट […]

२०७१ श्रावण २२ गते, बिहीबार

अान्दोलनरत अस्थायी शिक्षक भन्छन् -सरकारले वास्ता गरेन

काठमाडौँ , २१ साउन। रिले अनशन बसेको २ सय ३१ दिनसम्म पनि अस्थायी शिक्षकको माग सम्बोधन गर्नेतर्फ सरकारले कुनै वास्ता नगरेको भन्दै अनशनकर्मीले गुनासो गरेका छन् । सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्नेलगायतका माग गरी अनशन बस्दै आएका अनशनकर्मीले बुधवार पत्रकारसँग कुरा गर्दै अनशन बसेको लामो समयसम्म पनि सरकारले कुनै चासो […]

२०७१ श्रावण २१ गते, बुधबार

एसएलसी पूरक परीक्षा सुरु

काठमाडौं, २० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले आजदेखि एसएलसी पूरक (मौका) परीक्षा सञ्चालन गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ । विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी […]

२०७१ श्रावण २० गते, मंगलवार

सुर्ती सेवनबाट बर्सेनि १५ हजारको मृत्यु !

काठमाडौ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनवाट बर्सेनि करिब १५ हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । सेन्टर फर कम्युनिटी हेल्थ प्रोमोसनले गरेको एक अध्यननमा यो तथ्य देखिएको हो । सुर्ती सेवन गर्नेमा गरिब र निमुखा मानिस अधिक रहेको पाइएको छ । विश्वभरि रहेका करिब सवा सात अर्ब जनसङ्ख्यामध्ये करिब एक अर्ब […]

२०७१ श्रावण १९ गते, सोमबार

अभिशाप बन्दै तयारी खाना

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भर्खरै गरेको एक अध्ययन ‘रिक्स फ्याक्टर र्सर्भे’ ले असन्तुलित खानाको प्रयोगले नर्सर्ने रोगको समस्या थपिँदै गएको देखाएको छ । परिषद्ले क्यान्सर, हृदयाघात -मुटुरोग), श्वासप्रश्वाससम्बन्धी र मधुमेह गरी चार रोगका बारेमा अध्ययन गरी उक्त रोग लाग्न सक्ने जोखिम तत्वहरूको खोजी गरेको थियो । आवश्यकताभन्दा कम फलफूल तथा तरकारी सेवन, तयारी […]

२०७१ श्रावण १७ गते, शनिबार

विश्व स्तनपान सप्ताह सुरु

काठमाडौ, १६ साउन । नेपाल लगायत विश्वभर आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ ।दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रम गर्दैछन् । जन्मेको ६ महिनासम्मका बच्चालाई आमाको दूध बारम्बार खुवाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो दिवस मनाउने गरिन्छ ।बच्चालाई दुईवर्ष होउन्जेल पुरक आहाराका साथमा आमाको दूध पनि खुवाइरहनुपर्छ । आमाको दुधको विकल्पमा […]

२०७१ श्रावण १६ गते, शुक्रबार

वीर अस्पतालमा अख्तियार पस्यो

काठमाडौँ, १५ साउन ।आर्थिक अनियमितताको आरोपमा आज वीर अस्पतालमा अख्तियारले छापा मारेको छ ।आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले आज अस्पतालमा छापा मारेको हो ।वीर अस्पतालभित्र आर्थिक अनियमितता र भ्रष्टाचारको उजुरीसमेत परेकाले अख्तियार सक्रिय भएको हो । उजुरी परेका सम्बद्ध शाखाबाट आवश्यक कागजात तथा फाइलहरु अख्तियारले कब्जामा लिएको स्रोतले जनाएको छ । […]

२०७१ श्रावण १५ गते, बिहीबार

भक्तपुरमा रगतको चरम अभाव

काठमाडौं , १३ साउन, । केही महिनाअघि सम्म रगत नपाए भक्तपुर जानु भन्ने कथन बोकेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाअन्तर्गत रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ । रक्तदान गर्नेको सङ्ख्यामा अकस्मात कमी आएपछि भक्तपुरमा पनि रगतको अभाव भएको हो । विगतका वर्षमा काठमाडौँमा रगतको अभाव हुँदा पनि भक्तपुरमा पर्याप्त रगत हुने भएकाले रगत नपाए […]

२०७१ श्रावण १३ गते, मंगलवार

आज हेपाटाइटिस दिवस

काठमाडौं , १२ साउन । आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस फेरि एकपटक सोचौं, यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सूचित होऔं’ भन्ने तय गरिएको छ । यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर थालिएको […]

२०७१ श्रावण १२ गते, सोमबार