विश्व स्तनपान सप्ताह सुरु

२०७१ श्रावण १६ गते, शुक्रबार


काठमाडौ, १६ साउन । नेपाल लगायत विश्वभर आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ ।दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छुट्टाछुट्टै जनचेतनामूलक कार्यक्रम गर्दैछन् । जन्मेको ६ महिनासम्मका बच्चालाई आमाको दूध बारम्बार खुवाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो दिवस मनाउने गरिन्छ ।बच्चालाई दुईवर्ष होउन्जेल पुरक आहाराका साथमा आमाको दूध पनि खुवाइरहनुपर्छ । आमाको दुधको विकल्पमा कुनैपनि खानेकुराले काम गर्दैनन् ।

प्रतिक्रियाहरु