वीर अस्पतालमा अख्तियार पस्यो

२०७१ श्रावण १५ गते, बिहीबार


काठमाडौँ, १५ साउन ।आर्थिक अनियमितताको आरोपमा आज वीर अस्पतालमा अख्तियारले छापा मारेको छ ।आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले आज अस्पतालमा छापा मारेको हो ।वीर अस्पतालभित्र आर्थिक अनियमितता र भ्रष्टाचारको उजुरीसमेत परेकाले अख्तियार सक्रिय भएको हो । उजुरी परेका सम्बद्ध शाखाबाट आवश्यक कागजात तथा फाइलहरु अख्तियारले कब्जामा लिएको स्रोतले जनाएको छ ।
छापा मार्दा भेटिएका कागजातको आधारमा आवश्यक कारवाही थालिने अख्तियार स्रोतले बताएको छ ।वीर अस्पतालमा गत हप्तादेखि इमरजेन्सी सेवा बाहेक सबै प्रकारका सेवा ठप्प छन् ।कर्मचारी नियुक्ति र आर्थिक अनियमितताको मुद्धा उठाएर आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रियाहरु