एसएलसी दिन नपाउँदा आत्महत्या

२०७२ चैत्र १९ गते, शुक्रबार

काठमाडौं, १९ चैत । अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा आत्महत्या गरेकी छन् । उनले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए । केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ । उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए । मृतकको शव जिल्ला अस्पताल अछाममा परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरु