अनशनकारी युवाहरुको स्वास्थ्यस्थिति नाजुक

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौ, २४ बैशाख । बिगत १० दिनदेखि योग्यता, क्षमता र सीपअनुसार स्वदेशमै रोजगारीको सुनिश्चितताको माग गर्दै खुलामञ्चमा आमरण अनशन बसेका १५ जना युवाको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । वैशाख १५ गतेबाट उनीहरु सामूहिक आमरण भन्दै अनशन बस्दै आएका छन् । ‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ भन्ने मूल नाराका साथ युवाले स्वदेशमै रोजगारको सुनिश्चित गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् ।
आमरण अनसन बसेको डेढ हप्ता भइसके पनि सरकारको तर्फबाट कोही भेट्न नगएकोमा उनीहरु चिन्तित पनि भएका छन् ।
रोजगारी दिन नसके शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियत ऋण दिनुपर्ने, रोजगार दिन नसकेका युवालाई परिचयपत्रसहित बाँच्न सक्नेगरी सामाजिक सुरक्षा भत्ता दिनुपर्ने, स्वदेशी वस्तुको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रियस्तरका खेलाडी र कलाकारको विशेष व्यवस्था हुनुपर्ने, बन्द हडताल चक्काजाम र तालाबन्दी उद्योग कलकारखानामा प्रतिबन्ध लगाउनुपर्नेलगायतका ६ बँुदे माग राखेका छन् ।

प्रतिक्रियाहरु