अर्थ

स्पेन पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २ कात्तिक । महानगरीय अपराध महाशाखाले स्पेन पठाउने भनी गलत नाम बताई विभिन्न व्यक्तिहरलाई ठगी गर्ने किर्तिपुर बस्ने तनहुँ सतिस्वाँरा–२ घर भएका ३० बर्षीय बिक्रम सिंह ठकुरी भन्ने भरत ठकुरीलाई पक्राउ गरेको छ । ठकुरीले बागलुङ घर हुने दिपेन्द्र मल्ल र उजित मल्ललाई स्पेनमा राम्रो कोटा आएको छ प्रतिव्यक्ति ८ लाख लाग्दछ भनी विश्वासमा […]

२०७३ कार्तिक २ गते, मंगलवार

भोजपुर–काठमाडौँ सिधा यातायात सेवा सुरु

काठमाडौं, २ कात्तिक । चुम्लुङ्मा यातायात प्रा.लि.ले भोजपुरदेखि काठमाडौँसम्म सिधा यातायात सेवा सुरु गरेको छ। सो प्रा.लि.ले मंगलबारदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौँसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो। चुम्लुङ्माले १८ सिट क्षमताका छ वटा माइक्रोबस भोजपुर झिकाइसकेको भए पनि सडक सहज नहुँदा दिनमा दुई वटा मात्र बस सञ्चालन गरिने भएको छ। भोजपुरदेखि काठमाडौँ सिधा यातायातको भाडादर […]

२०७३ कार्तिक २ गते, मंगलवार

उधारोमा पढाउन बाध्य

काठमाडौँ, २ कात्तिक । पाल्पा जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् । जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का १७० घरपरिवारले मासिक रु २५० उठाएर मावि र निमावि तहका शिक्षकलाई तलब खर्च जुटाएर वडावासीले मावि सञ्चालन गर्दै आएका छन् । कक्षा १० सम्म पढ्न […]

२०७३ कार्तिक २ गते, मंगलवार

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

काठमाडौ, १ कात्तिक । आज गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस वर्ष तेस्रो पटक यो दिवस मनाउन लागेको हो । संयुक्त राष्ट्रसंघले दैनिक २ डलरभन्दा कम आम्दानी भएकालाई गरिबीको सूचीमा राख्ने गरेको छ । नेपालमा २१ दशमलव ६ प्रतिशत नागरिक अझै […]

२०७३ कार्तिक १ गते, सोमबार

विवाह खर्च कटायर अक्षयकोष

काठमाडौं, ३० असोज । दाङका एक जोडीले शनिबार विवाहको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको तुलसीपुर–१६ वनहरी बस्ने गीता पोख्रेल र सोही ठाउँका हेमन्त अधिकारीले आफ्नो विवाहको उपलक्ष्यमा आफूहरुले पढेको जनश्रम उच्चमावि खाद्रेमा रु ५० हजार राशिको अक्षयकोषको स्थापना गरेका हुन् । विद्यालयमा पढ्ने बालबालिकालाई आफू सक्षम भएरमात्रै विवाह गर्नुपर्छ भन्ने सन्देशका साथै सर्वोत्कृष्ट […]

२०७३ आश्विन ३० गते, आईतवार

विद्युत तार भूमिगत गरिने

काठमाडौं, ३० असोज । सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युतका तार र पोललाई क्रमशः भूमिगत गर्ने तयारी गरेको छ । सहरको सौन्दर्य घटेको, दुर्घटनाको जोखिम बढेको तथा हावाहुरीका कारण पोल ढल्दा त्यसले समस्या खडा गरेको भन्दै विद्युतका पोललाई विस्थापन गरी भूमिगत संरचना निर्माण गर्न लागेको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा काठमाडौं, ललितपुर र […]

२०७३ आश्विन ३० गते, आईतवार

भोजपुरे खुकुरी व्यवसाय संकटमा

काठमाडौ, २९ असोज । भोजपुरमा दक्ष कालीगड र कच्चा पदार्थको अभावले भोजपुरे खुकुरीको व्यावसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात समेत हुने भए पनि पछिल्लो समय दक्ष जनशक्तिको अभाव र कच्चा पदार्थ पाइन छाडिएपछि उद्योग नै धारासायी बनेको हो । खुकुरी बनाउने पेशालाई पछिल्ला पुस्ताले अवहेलना गर्ने गरेका कारण पनि […]

२०७३ आश्विन २९ गते, शनिबार

ढोरपाटनमा सिकारयाम सुरु

काठमाडौं, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर […]

२०७३ आश्विन २९ गते, शनिबार

भीओआईपी मुद्दा: अर्बौं अपचलन, कानुनी आधार अस्पष्ट

काठमाडौ, २९ असोज । अघिल्लो आर्थिक वर्षमा कल बाइपाससँग जोडिएका १० मुद्दा अदालतमा विचाराधीन थिए । ती मुद्दामा ७४ जना आरोपित थिए । उनीहरूमाथिको कुल बिगो ६ अर्ब ४० करोड रुपैयाँ थियो । तर, सानो लगानीमा हुने ठूलो आर्थिक अनियमितताको मुद्दामा अनुसन्धान भने प्रभावकारी हुन सकेको छैन । करिब आधाजसो विदेशी आरोपितहरू फरार भएका छन् […]

२०७३ आश्विन २९ गते, शनिबार

सुन प्रतितोला छपन्न हजार

काठमाडौं, २८ असोज । नेपाल सुनचाँदी व्यवसायी सङ्घले दसैंको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको जनाएको छ । दसैंको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ । सङ्घका अनुसार घटस्थापनापछि पटक पटक […]

२०७३ आश्विन २८ गते, शुक्रबार