भोजपुरे खुकुरी व्यवसाय संकटमा

२०७३ आश्विन २९ गते, शनिबार

काठमाडौ, २९ असोज । भोजपुरमा दक्ष कालीगड र कच्चा पदार्थको अभावले भोजपुरे खुकुरीको व्यावसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात समेत हुने भए पनि पछिल्लो समय दक्ष जनशक्तिको अभाव र कच्चा पदार्थ पाइन छाडिएपछि उद्योग नै धारासायी बनेको हो ।
खुकुरी बनाउने पेशालाई पछिल्ला पुस्ताले अवहेलना गर्ने गरेका कारण पनि यो पेशा संकटमा परिरहेको व्यावसायीहरुको भनाइ छ । त्यस्तै राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिंदा ब्यवसाय धरासायी बनेको हो । भोजपुरमा सिरुपाते, भोजपुरे, चित्लाङ्गे, कोथीमोडा लगायतका खुकुरी निर्माण हुने गर्दछन् ।

प्रतिक्रियाहरु