अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

२०७३ कार्तिक १ गते, सोमबार

काठमाडौ, १ कात्तिक । आज गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस वर्ष तेस्रो पटक यो दिवस मनाउन लागेको हो । संयुक्त राष्ट्रसंघले दैनिक २ डलरभन्दा कम आम्दानी भएकालाई गरिबीको सूचीमा राख्ने गरेको छ ।
नेपालमा २१ दशमलव ६ प्रतिशत नागरिक अझै निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । दिवसको अवसरमा शुभकामना दिदै सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थानीले गरिबी निवारणको दीर्घकालीन सोच, गरिबहरुको सही पहिचान, स्रोत साधनको भरपर्दो र दीगो व्यवस्थापनले गरिबी कम हुँदै जाने भएकाले सरकार त्यसतर्फ सचेत रहेको बताए । साथै मन्त्री थानीले आफूले गरिबी निवारणका लागि ठोस नीति, रणनीति र कार्यनीति तयार गरी देखिने र जनताले महसुस गर्ने गरी आवश्यक पहल अगाडि बढाइरहेको पनि बताए ।

प्रतिक्रियाहरु