स्पेन पठाउने भन्दै ठगी गर्ने पक्राउ

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौँ, २ कात्तिक । महानगरीय अपराध महाशाखाले स्पेन पठाउने भनी गलत नाम बताई विभिन्न व्यक्तिहरलाई ठगी गर्ने किर्तिपुर बस्ने तनहुँ सतिस्वाँरा–२ घर भएका ३० बर्षीय बिक्रम सिंह ठकुरी भन्ने भरत ठकुरीलाई पक्राउ गरेको छ ।
ठकुरीले बागलुङ घर हुने दिपेन्द्र मल्ल र उजित मल्ललाई स्पेनमा राम्रो कोटा आएको छ प्रतिव्यक्ति ८ लाख लाग्दछ भनी विश्वासमा पारी पीडितहरूबाट १६ लाख लिई स्पेन नपठाई सम्पर्क विहिन भएका थिए ।
पीडितहरु महानगरीय अपराध महाशाखामा ठगी सम्बन्धी निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले ठकुरीलाई सोमबार किर्तिपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका ठकुरीबाट भरत ठकुरीको नाउँमा नागरीकता बनाएको देखिएको र प्रारम्भिक अनुसन्धानमा आफ्नो नागरिकतामा भरत नामको ठाउँमा विक्रम सिंह भन्ने व्यहोरा बनाई फोटोकपी गरी आफुलाई हुन सक्ने कानूनी कारवाहीबाट बच्ने उद्देश्य राखी पीडितहरूलाई वैदेशिक रोजगारीमा पठाउने कागज समेत गरेको खुल्न आएको छ ।
ठकुरीलाई मंगलबार आवश्यक अनुसन्धान एवं कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडाँैमा पठाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब

२०८१ जेष्ठ ११ गते, शुक्रबार

नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार