विद्युत तार भूमिगत गरिने

२०७३ आश्विन ३० गते, आईतवार

काठमाडौं, ३० असोज । सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युतका तार र पोललाई क्रमशः भूमिगत गर्ने तयारी गरेको छ । सहरको सौन्दर्य घटेको, दुर्घटनाको जोखिम बढेको तथा हावाहुरीका कारण पोल ढल्दा त्यसले समस्या खडा गरेको भन्दै विद्युतका पोललाई विस्थापन गरी भूमिगत संरचना निर्माण गर्न लागेको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पोललाई विस्थापन गर्ने तयारी गरेको छ । मन्त्रालयले भूमिगत रुपमा प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
उर्जाको निर्देशन लगत्तै प्राधिकरणले काठमाडौं उपत्यकालगायत अन्य प्रमुख सहरमा भूमिगत लाइनबाट विद्युत वितरणको तयारी गरेको छ । प्रसारण लाइन भूमिगत बनाउन एसियाली विकास बैंकले करिब रु ३२ अर्ब बढी ऋण सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार