गणतन्त्र ः हात्तीको देखाउने दाँत

२०८० जेष्ठ २१ गते, आईतवार

झपेन्द्रराज बैद्य

सात सालमा क्रान्ति र परिवर्तन, २०४६ सालमा क्रान्ति र परिवर्तन, २०५२ सालमा जनयुद्ध र परिवर्तन । यसरी हेर्ने हो भने क्रान्ति नै परिवर्तनको पर्याय बनेको छ । परिबर्तन हुनको लागि अवश्य पनि क्रान्ति चाहिन्छ । तर अफसोच जनयुद्धबाट केही उपलब्धि भए पनि राजनीतिमा परिवर्तन आउन सकेन । १२ बुँदे सहमतिमा नै नेता कमाण्डरले आत्मसमर्पण गरिसकेका थिए । अहिले सँस्कार उस्तै छ । जीवनशैली पनि उस्तै छ । जनजीविका झन बिकराल छ । भ्रष्टाचार उच्च छ । २०६२÷६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । तर सँस्कार उस्तै, शासन उस्तै, प्रबृति उस्तै उस्तै छ । अझ भन्ने हो भने लूट तन्त्र चलेको छ ।

सिंहदरबार घर–घर भने पनि सिंह घर घरमा आएको छ दरबार भएको अनुभूति छैन । एमसीसी पास गराइएको छ । अब एसएसपी पनि प्रोसेसमा देखिन्छ । सिन्धुपान्चोक आदि ठाउँहरुमा अमेरिकन सेना निर्बाध हिँडिरहेको अवस्था छ । लिपुलेक लिम्पियाधुरा र कालापानीमा भारतीय सेना मार्चपास गरिरहेको थाहा हुन्छ । दार्चुलामा भारतीय सेनाको बिगबिगी छ । यो कस्ले हेर्ने ? सरकार आँखा चिम्लिएको छ । के भारत र अमेरिकालाई यो देश खुल्ला हो ? अहिले भूटानी शरणार्थीको ट्रान्जिट भैरहेको छ नेपाल । भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी एक ब्यक्तिबाट ४० । ५० लाख कबोल गरिएको अवस्था छ । पार्टीका सचिव, उर्जामन्त्री र पूर्वगृहमन्त्री समेतले पैसा उठाएको अवस्था छ । अहिले १० – १२ जनलाई हिरासतमा राखिएको छ । तर, यो केशलाई २ – ३ पार्टीका नेता मिलेर थाम थुमपार्ने अवस्था छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट यो अपराधिक कार्यलाई कदापि छोडिने छैन भनिए पनि अहिले सन्नाटाले छाएको अवस्था छ । के हुने हो भन्न सकिँदैन । आज जेठ १५ गतेको मितिसम्म कसैले पनि साबिति बयान दिएका छैनन् । करोडौं मात्र होइन अरबौका केश आएका छन् । वाइडबडी, ंिप्रटिंग प्रेस काण्ड, ३३ केजी सुन काण्ड त अबगतै भएको कुरा हो । हिजो मात्र संसदमा पशुपतिमा चढाएको जलहरी नक्कली हो भन्ने कुरा उठेको छ । यो कुरा सदनमा उठाउने हो भने सदन नै चल्न दिँदैनौँ भनेर एमालेले भनेकोले ३ पार्टीको सहमतिमा संसदमा जलहरीको कुरा नउठाउने र बहसको रेकर्ड पनि डिलेट गर्ने सहमती भएको छ । एमालेको पोल खोल्ने हो भने माओवादी केन्द्रको पनि पोल खोल्न एमाले तयार भए पछि यो कुरा थाम थुम भएको छ । ३ पार्टीहरु एक अर्कामा गाँसिएको अवस्था छ । यो व्यवस्था नै काले काले मिलेर खाउँ भाले भन्ने छ । व्यवस्था त गैसकेको छ । जताततै ढाँट छल बेइमानी, घुस भ्रष्टाचार कमिशनतन्त्र छ । सम्भ्रान्तलाई लोकतन्त्र छ । बिपन्नलाई परतन्त्र छ । नेताहरुले सहिदहरुका सपना बेचेर खाएका छन् । सहरमा ठूला–ठूला महल बनाएका छन् । स्रोत हेर्ने हो भने केही छैन । न त पुख्र्यौले सम्पत्ति छ । नत नै जागिर छ । देश नै लूटको देश भएको छ । रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुप्रति निर्मम हुन्छु भन्दा उनलाई नागरिकताको कुरा झिकी संसद पद नै खारेज गरिदिए । चितवनबाट फेरि उम्मेदवार उठी अत्यधिक मत पाएका हुन् । हुन त उनी सरकारमा गएका भए के गर्थे थाहा छैन । ठाउँनै यस्तै हो यो । संसदीय थलो भनेको गफाडीको थलो हो भनेर लेनिलले त्यसै भनेका होइनन् । यो खसीको टाउको देखाएर कुकुरको मासु बिकाउने थलो हो भनिन्छ । कैयौं वामपन्थी नेताहरु यसैमा डुबेका छन् । सक्कल फर्केका छैनन् ।

थारु प्रचीन जाति हो । यो उपेक्षित उत्पीडित छ । केलालीको घटना राजनैतिक घटना हो । बिपन्नहरुले सम्भ्रान्तलाई हमला गरेको बुभिन्छ । तर, पनि यो हुन नहुने घटना हो । यस घटनाका नायक पूर्वसांसद रेशम चौधरी आजीवन कारागारमा राखिएकोमा आममाफीबाट छुटकारा भएका छन् । यसमा प्रहरी र पूर्वप्रहरीहरुले बिरोध जनएका छन् । तर, पनि उपेक्षित वर्ग र समुदायले सर्बोच्च अदालत र सरकारले न्याय दिएको छ भनेका छन् । ससदीय व्यवस्था रहेसम्म जनताले न्याय पाउने छैनन् । गणतन्त्र देखाउने हात्तीका दाँत हुन् । गणतन्त्रको नाममा ब्यापक लूटतन्त्र भएको छ । आज कहीँ छ गणतन्त्रको उत्सब कहीँ छ निराशा । अब जति सक्यो चाँडो वैज्ञानिक समाजवादमा जानुको विकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु