समाजवादी देशभक्त मोर्चाद्वारा संघर्षको उदघोष

२०७९ चैत्र ४ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाले लघुवित्त, मिटर व्याज, राष्ट्रिय स्वाधीनता, महङ्गीका विरुद्ध चैत्र १५गते कोण सभा र चैत्र २४ गते जनप्रदर्शन देशव्यापीरुपमा आयोजना गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा चैत २ गरेबसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठक पछि मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘२०७९ चैत रगते समाजवादी- देशभक्त मोर्चा केन्द्रीय समितिको प्रथम वैठक मोर्चाको अध्यक्षमण्डलका अध्यक्ष कमरेड विप्लव सीको अध्यक्षतामा वस्यो । वैठकले लिएका महत्वपूर्ण निर्णयहरु जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१ बैठकमा महान सहिदहरुप्रति १मिनेट मौनधारण र वेपत्ता योद्धाहरुको स्मरण गरियो ।
२) क) समाजवादी-देशभक्त मोर्चाको प्रदेश समिति चैत्रभित्र निर्माण गर्ने निर्णय लिइयो ।
ख) मोर्चाको कार्यलय सचिवमा कमरेड चिरण सीलाई नियुक्त गरियो ।
३) बैशाखभित्र विभिन्न जनसरोकारका विषयहरुमा प्रदेश स्तरमा अन्तरक्रिय कार्यक्रम आयोजना गर्ने, काठमाण्डौंमा महिला र मधेश प्रदेशमा श्रमिक: दलित समुदायको विषयमा अन्तरक्रिया गर्ने निर्णय लिइएको छ ।
४) लघुवित्त, मिटर व्याज, राष्ट्रिय स्वाधीनता, महङ्गीका विरुद्ध चैत्र १५गते कोण सभा र चैत्र २४ गते जनप्रदर्शन देशव्यापीरुपमा आयोजना गर्ने निर्णय गरिएको छ ।
५) मोर्चाका नियमित कार्य संचालनका लागि केन्द्रीय कोष खडा गरिएको छ ।
६) बैशाखभित्र मोर्चाको केन्द्रीय मुखपत्र प्रकाशित गर्ने, मुखपत्र प्रकाशनका लागि कमरेड आहुति, सिलुलगायत रहेको सम्पादक मण्डल गठन गरियो । ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु