‘देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा’

२०७९ माघ १५ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव महासचिव विप्लवले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नवौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकको समापन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लवले नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको ठोकुवा गर्दै त्यो कार्यभार पूरा गर्न सही विचार, योजना र नीतिले मात्रै सम्भव हुने भन्दै एकपटक सम्पूर्ण केन्द्रिय समिति र पार्टी साहसपूर्वक लाग्न सबै केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन् । साथै उनले क्रान्तिकारी आन्दोलनको क्रममा आउनसक्ने कुनै पनि सम्भावनालाई चुम्न र पहल लिनसमेत केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा प्रस्तुत ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ’, शीर्षकको दस्तावेज माथि केन्द्रिय सदस्यहरुले धारणा राखेपछि एकमतले दस्तावेज पास गर्दै आगामी छ महिनाका लागि राजनीतिक, वैचारिक, आर्थिक, संगठन, संघर्ष र प्रचारप्रसारसम्बन्धी आवधिक योजना निर्माणसहित बैठक सम्पन्न भएको हो ।
बैठकले केन्द्रिय सदस्यहरुको भौगोलिक कार्य विभाजन र नवौँ महाधिवेशन पछि निर्माण गर्न बाँकी रहेका पार्टीका विभिन्न विभाग र संयन्त्रहरु समेत गठन गरेको छ ।
बैठकले छ सदस्यीय स्थायी कमिटी सदस्यहरुमध्ये पार्टीको विदेश विभाग, अर्थ विभाग र पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रकाण्ड सीलाई जिम्मा दिएको छ भने सत्ता र जनपरिषद्को जिम्मा विषम सी, प्रकाशन तथा प्रचार विभाग इन्चार्ज गोकुल सी, स्कुलिङ विभाग इन्चार्ज भरत सी र जनवर्गीय संगठन तथा मोर्चा इन्चार्ज शिलु सीलाई दिएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नवौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा माघ ३ गतेबाट शुरु भएको बैठक माघ ११ गते बुधबार सम्पन्न भएको हो । बैठकमा केन्द्रिय सदस्यहरु सुमन सी, समर सी, प्रयास सी, आरोह सी, दिनेश सी, तुलसीनारायण सी, ध्रुव सी, प्रकाश सी, नविल सी, अर्जुन सी, सम्झना सी, विवेक सी, उषा सी, भृकुटी सी, बिमल सी, सबिन सी, सविता सी, कपिल सी, सुशीला सी, अशिना सी, सुदर्शन सी, पौरख सी, नरेन्द्र सी, बिक्रम सी, सरिता, सी जोखिम सी, मनिराज सी, ज्ञानु सी, राजकुमारी सी, विजय सी, शैलेश सी, देव सी, सङ्गित सी, एण्डिज सी, रामलाल सी, प्रकाश सी, विवेक सी, वाटर सी, आजादसेन सी, प्रदिप सी, भरत सी, मौसम सी, बिमल सी, निङ्मा सी, चिरञ्जीवि सी, त्रिलोचन सी, पाटन सी, कमल सी प्रशान्त सी, सञ्जीव सी, मानव सी, जागृति सी, प्रभाजित सी, गोपाल सी, रणदिप सी, दर्शन सी, पवन सी, विजय सी, उत्सव सी, कमल सी, अर्जुन सी, जुझारु सी, उभार सी, हिमशिखर सी, सिङ्घम सी, समाज सी, अजय सी, विराट सी, सङ्गम सी, भगत सिंह सी, सङ्गम सी, विकिरण सी, अडिग सी, विनोद सी, शरद सी, विश्वास सी, चन्द्र सी, विवस सी, विराट सी, निशान सी, अविचल सी पुष्प सी, हेमन्त सी, धिरज सी, सशी सी, विपिन सी, आक्रोश सी, सुनिल सी, संघर्ष सी, आमुल सी, बलवान सी, कमल सी, विकल्प सी र सुशिल सीलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
यसैगरी, उक्त बैठकमा स्थायी कमिटी सदस्यहरु भरत सी, शिलु सी, गोकुल सी, विषम सी, प्रकाण्ड सी र महासचिव विप्लवले पार्टी कार्यभार र आगामी योजनाबारे प्रशिक्षण मन्तव्य राखेका थिए ।

  • क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु