व्यक्ति होइन व्यवस्था बदलौं

२०७९ कार्तिक २९ गते, मंगलवार

झपेन्द्रराज बैद्य

जनता पटक पटक भोट हालेर आजित भएका छन् । ६०–७० वर्षसम्म भोट हालें । कुनैले त डोकामा बोकाएर १०० वर्षसम्म भोट हालें । आखिरिमा आफ्नो अवस्थामा केही परिबर्तन आएन । न त नै देशको अवस्थामा परिवर्तन आयो । नचाउनेले नचाइरहेछ । जादूगरले चटक देखाए जस्तै । दलाल संसदीय व्यवस्थामा भोट हाल्नु भनेको देश बेच्नु हो । महंगी भ्रष्टाचार र तानाशाहलाई प्रश्रय दिनु हो । बाहिर बाहिर डिमोक्रेसी भित्र भित्र झूठा मुद्दा, वारेण्ट, अराजक देशद्र्रोह हो । अमेरिका समर्थित युक्रेनको पक्षमा उभिनु यसको साम्राज्यवादी चरित्र हो । जनबिद्रोह बाबजुद एमसीसी पास गरेर राष्ट्रियतामा आँच पुराउनु संसदीय व्यवस्थाको चरित्र हो । आज लिपुलेख, लिम्पिया धुरा, कालापानीमा भारतीय सेना मार्च पास गरिहेका छन् । सुस्तालगायत २६२ ठाउँहरुमा भारतीय पकड रहेको छ । यो हस्तक्षेप देख्ने कसले ? गठबन्धनमा आबद्ध नेताहरुले यस प्रकारको ज्यादतिविरुद्ध बोल्न सक्छन ? बरु केपी वलीले चुच्चे नक्सा बनाएका हुन तर पाठ्यक्रममा राख्न सकेनन् । आशन्न चुनावमा भने चुच्चे नक्सा पास गर्ने आवाज निकालेका छन् । यो कति पत्याउने कति नपत्याउने ? अहिले हुने निर्वाचन लुटी खाने भाँडो बनेको छ । यो दलाल संसदीय व्यवस्थामा जुन जोगी आए पनि कानै चिरेका हुन । हामीले भोट दिनुको मतलब आऊ लुटी खाऊ भन्नु हो । हामीलाई थाह छ संसद भनेको लुटी खाने थलो हो । वाइडबडी, प्रिन्टिङ प्रेस आदि घोटाला यसका उदाहरण हुन् । दलाल पार्टीबाट मानिस वाक्क भएर बालेन्द्र साहलाई काठमाडौंको मेयरमा चुनेका हुन् । राजाले राम्रो गर्छ भनेर होइन पार्टीबाट हुने भ्रष्टाचार देखेर सयौं राजा हुनुभन्दा एउटै राजा ठीक भन्न थालेका छन् । यसरी बितृष्णा जगाएर प्रतिगमनतिर डो¥याउने पनि यिनै नेताहरु हुन् । यिनीहरुलाई राजा आउँछ भन्ने कुरामा ठूलो डर र त्रास छ । एक पटक गएको राजा त्यति सजिलैगरी आउदैन । बरु यिनीहरुलाई डर भनेको वैज्ञानिक साजवाद हो । वैज्ञानिक समाजवादमा लुट गरेर खान पाइदैन । यसमा योग्यताअनुसार काम हुन्छ । कामअनुसार माम हुन्छ । बिदेशी अतिक्रमण हुँदैन । राष्ट्रियताको संरक्षण हुन्छ ।

यसैले सबै देशभक्तm मिलेर आउँदो संसदीय चुनाको बहिष्कार गर्नु पर्छ, खारेज गर्नुपर्छ । बरु यसको बदलामा संसदीय निर्वाचन ठीक कि वैज्ञानिक समाजवाद ठीक भन्ने जनमत संग्रह गर्नुपर्छ । अहिले नेकपाको नेतृत्वमा तीन पार्टीहरुले यस प्रकारको दलाल संसदीय व्यवस्थाको निर्वाचन खारेज गर्ने अभियान चलाएको देखिन्छ । यसमा आहुती र ऋषि कट्टेल नेताहरु सामेल छन् । निर्वाचनको विरुद्धमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यो निर्वाचनको नौटंकीलाई ध्वस्त पार्नुपर्छ । वामपन्थी, प्रजातन्त्र प्रेमी र राष्ट्रवादी सबै मिलेर बष्किार गर्नुको बिकल्प छैन राष्ट्रियताको संरक्षण र सम्बद्र्धनको लागि । न्याय र समानताको लागि । अहिलेको चुनावमा भोट दिनु भनेको लूट, महंगी र अत्याचारलाई निम्त्याउनु हो । हामीले आफैं लूट गर्न छुट दिन्छौं अनि पछिबाट पछुताउँछौ । देशको अलिकति पनि माया छ भने एक छिन सोचौं । हाम्रा काका, मामा, दाइ, भाइ जुनसुकै होउन् दलाल संसदीय चुनावमा भाग लिने सबैलाई बहिष्का गरौं, देश जोगाऊँ । पैसा मासु भातमा नभूलौं, जनता भेंडाबाख्रा होइनन् । हरियो घाँसमा पछि लाग्ने । अहिले जनतामा चुनावको कुनै उत्साह छैन, उमंग छैन । हजारौं युबक रोजगारीका लागि अरबको खाडीमा जान बाध्य हुनु परेको छ । डर र प्रलोभनको कारण कैयौं युवाहरु नेताहरुका झोले बनिरहेका हुन्छन् । यो उनीहरुको बाध्यता पनि हो । तर, अन्धाधुन्द नेतारुको पछि लाग्नाले आफ्नो प्रतिभा हराएर गएको हुन्छ । आफ्नो पाार्टीका नेता भनेर हुँदैन । अन्तातोगत्वा आफ्नो भन्ने नेताले साम्राज्यवादको सेवा गरेको हुन्छ । आफ्नो काका साम्राज्यवादको पिछलग्गु बनेको हुन्छ भने हामीहरु पनि दलाल पुँजीवादको जूठोपूरो खान काकाको पछि जान सक्दैनौं । अहिले घरघर नेपाललाई सिंगापुर बनाउँछौं भनेर आइरहेका छन् । लिक्वानले ५ वर्षमा सिंगापुर बनाएका थिए । तर, यी दलाल नेताहरुले सिंगापुर होइन, अफगानिस्तान बनाउने छन् । नेपाललाई युद्धको अखडा युक्रेन बनाउँदै छन् । संसदले नागरिकता बिधेयक पास गरेर नेपाललाई फिजी बनाउने दुस्साहस गरेको हो । तर, प्रिसिडेन्ट बिद्यादेवी भण्डारीले संसदले दिएको निर्देशनअनुसार बिधेयक पठाइनन् । यो बिद्यादेवीको प्रतिष्ठाको विषय बनेको छ । देशप्रेमको इतिहास बनेको छ । हमी कहाँ पनि देशको लागि सहिद भएका धेरै आत्मउत्सर्ग गर्ने बीर पुरुषहरु छन् । अहिले बिप्लभ सीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीले न्याय, समानता र स्वतन्त्रताका लागि लगातार संझौताहीन संघर्ष गरिरहेको छ । एकीकृत जनक्रान्तिले फड्को मारेको छ । दलाल सरकारले दुई वर्षसम्म प्रतिबन्ध लगायो तर दिन दोगुना रात चौगुना क्रान्तिको उभार बढ्दै गयो । ५०–६० नेताहरु अझै कारागार जीवनयापन गरिरहे छन् । बृद्ध नेता मोहन बैद्य ‘किरण’ले पनि जीवन नै क्रान्तिमा अर्पण गरेका छन् । अन्यायविरुद्ध बोलेका छन् । अहिलेको सन्दर्भ हो दलाल संसदीय व्यवस्थाको निर्वाचनको खारेजी । अथवा बहिष्कार । सर्ब प्रथम त चुनावै नहोस् । चुनाव भैहाले पनि पचास प्रतिशतभन्दा कम भोट होस् । यो व्यवस्थाबाट केही पनि आशा गर्न सकिँदैन । यसैले गरे के हुँदैन । चुनावको सशक्त खारेज गरौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु