सांसदद्वारा नेकपाका नेतामाथि जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग

२०७९ श्रावण १७ गते, मंगलवार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । एमालेले विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग आग्रहसमेत गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपासँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै यदि सरकारले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका शान्तिप्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन पनि सुझाव दिए । सरकार अविछिन्न उत्तराधिकारवाला रहने भएकाले विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै माओवादी केन्द्रकी सांसद यशोदा गुरुङले पनि नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेतामाथिको पक्राउ पुर्जीप्रति आपत्ति जनाइन् । उनले पनि उक्त पुर्जी फिर्ता लिन सरकारलाई आग्रह गरिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु