नेतृत्व, कार्यकर्ता र जनताबीचको सम्वन्ध

२०७९ श्रावण ८ गते, आईतवार

दाना के.सी.

मानव समाजको विकास रुपान्तरण र गुणात्मक छलाङद्वारा निरन्तर विकास र समृद्धिका लागि कुनै पनि राजनीतिक नेतृत्व, त्यसका कार्यकर्ता, जनताको आपसी विचार र दृष्टिकोणमा समानता, एकआपसमा सापेक्षित मित्रता–मित्रतापूर्ण व्यवहार, अन्तर संघर्ष एक अनिवार्य शर्त हुन आउँछ । कम्युनिष्ट पार्टी माक्र्सवादी विज्ञान आर्थात सर्वहारा वर्गीय दर्शनले प्रशिक्षित पार्टी हो । यो पार्टी द्वन्द्वान्तमक भौतिकवादी विचार धाराले निर्भर हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीलाई नेतृत्वमा समर्पित (नेतृत्व वेस) पार्टी भन्ने गरिन्छ । माक्र्सवादी सिद्धान्तमा आधारित सर्वहारा वर्गको वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवादमा पुग्नका लागि माक्र्सवादी दर्शनले प्रशिक्षित सशक्त कार्यकर्ताको आवश्यकता पर्दछ । सिंगो देश र संसार जित्नका लागि गरी खाने आमगरिब, उत्पीडित, सर्वहारा श्रमजीवि जनताको बलियो साथ चाहिन्छ । त्यसैले नेतृत्व कार्यकर्ता र जनताको त्रिपक्षिय सम्वन्ध नङ र मासुको जतिकै नजिक र बलियो हुन आवश्यक पर्दछ । जव यो सम्वन्धमा थोरै पनि समस्या आउछ, तव पार्टी संगठन, विचार, सिद्धान्त र सिंगो पार्टीको संस्थागत संरचनामै दरार पैदा हुन्छ । यस्तो हुँदा सर्वहारा वर्गले आफ्नो निर्दिष्ट लक्षमा पुग्न सक्दैन । त्यसैले यहाँ नेतृत्व, नेता, कार्यकर्ता र जनताको भूमिका के हो ? उनीहरु कस्ता–कस्ता गुणले युक्त हुनुपर्दछ अनि मात्र त्रिपक्षिय सम्वन्ध बलियो हुन्छ । भन्ने विषयमा सामान्य ज्ञान राख्न जरुरी छ ।

नेतृत्व

सर्वप्रथम नेतृत्वका वारेमा जान्न जरुरी छ । नेतृत्व भनेको कुनै पनि निश्चित विचार र सिद्धान्तको मार्ग दर्शनमा दृढ रही समाजको सामाजिक, वैचारिक, राजनैनितक, दर्शन, संगठन, संघर्ष आर्थिक विकासलगायत समग्र पक्षमा नेतृत्व गर्न सक्ने बहुप्रतिभाशाली क्षमता भएको व्यक्तिलाई बुझ्नुपर्दछ । समाजमा नेताहरु निरन्तर जन्मिरहन्छन् तर नेतृत्व एक युगमा एक पटक मात्र जन्मिन्छन् । त्यो पनि न्यून संख्यामा । नेतृत्वमा वैचारिक क्षमता, संगठनात्मक कुशलता, फौजी कलाले निपूणता र वैज्ञानिक उत्पादन गर्ने क्षमता आदि आधारभूत रुपले हुनै पर्ने हुन्छ । आज जुन देश र समाजमा ठीक समयमा नेतृत्व जन्मन सकेको छैन त्यो देश÷समाज पछाडि पर्ने गरेको छ भने नेतृत्व जन्मेको देश विकासको अभूतपूर्व उचाइमा पुग्ने गरेको छ । देशमा नेताहरु निरन्तर जन्मिइए झै नेपालमा पनि नेताहरु अनगिन्ती जन्मिए । बास्तवमा नेताहरुमा दुरदर्शी र बैज्ञानिक दृष्टिकोण सूक्ष्मदर्शी र समान व्यवहार सरल स्वभाव र स्पस्ट वक्ता सादा जीवन र उच्च विचार स्वच्छ नैतिकता देश र जनताप्रति समर्पित भावना र विचारले ओतप्रोत भएको हुनु पर्दछ । तर, विडम्वना हाम्रै नपाली राजनैतिक अवस्थाको वारेमा भन्ने हो भने यी माथिका कुनै पनि विशेषता भएका नेतृत्वको अभाव खड्किरहेको देखिन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसक्नु नेपाली राजनीतिक नेतृत्वको कमजोरी हो ।

वर्तमान परिप्रेक्षमा नेपाली राजनीतिक नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका निम्ति लागि परेको देखिन्छ । यो उनीहरुको स्वार्थ महत्वकांक्षी मात्र हो । यसले धेरै परसम्म पु¥याउँदैन । यसले क्षणिक एश, आराम दिए पनि भविष्यमा पछुतो हुन्छ । सर्वहारा वर्गीय विचार अर्थात सत्यको पक्षमा दृढतापूर्वक उभिने सधैँ पार्टी संगठन, कार्यकर्ता र जनताको पक्षमा समर्पित हुने नेता नेपाली जनतालाई आवश्यकता हो । प्रत्येक अन्तरविरोधको समाधान वस्तुगत सत्यतामा टेकेर विनाभेदभाव समानताको आधारमा हल गर्न सक्छु पर्दछ । वर्ग संघर्षप्रति कहिल्यै पनि संझौता नगर्ने बरु मृत्युवरण गर्ने तर जनता र राष्ट्रलाई धोका नदिने हुनु पर्दछ । यी माथिका कुराहरु नेतृत्वमा हुनु पर्ने गुण हुन् । नेता भनेको नेतृत्व होइन, एउटा सीमित क्षेत्रका लिडर कुनै पेशा, व्यवसायी, सामाजिक संघसंस्था, जनवर्गीय संगठन, मोर्चा, फौजी कमाण्डर अर्थात् कुनै पनि खास समयको आन्दोलन संघर्ष र विद्रोहबाट उदाएको क्षणिक लिडरलाई नेता भन्दछन् । नेता वन्नलाई आफ्नै दृष्टिकोण र कार्यदिशा पनि चाहिदैन । पार्टी संगठन तथा आपूm सम्वद्ध मोर्चा वा संस्थाको लक्ष्य उद्देश्यलाई बुझेर सोको स्पस्ट व्याख्या गर्ने र कार्यान्वय गर्नका लागि कार्यकर्तालाई प्रशिक्षित गर्न सक्ने प्रशिक्षक बन्न सकेमा नेता बन्न सक्दछ । त्यसैले सर्वहारा वर्गीय समाजवादको पक्षधर प्रत्येक कम्युनिष्ट पार्टीका सदस्यहरुले आपूmलाई नेतामा विकास गर्ने र नेताबाट नेतृत्वमा विकास गर्न निरन्तर कोशिष गर्नु पर्दछ । सामाजिक अन्तरविरोध सम्वन्धी राम्रो ज्ञान आफ्नो पार्टी संगठनको लक्ष्य उद्देश्यका वारेमा पूर्ण ज्ञान भएको, सर्वहारा वर्गीय आचरण सरल स्वभाव र स्वच्छ नैतिकता संगठन र कार्यकर्ताप्रति समर्पण भाव स्पस्ट वक्ता आर्थिक पारदर्शिता नेतामा हुनु पर्दछ अनि मात्र विश्वासको वातावरण वन्दछ । हामी नेपाली जनताहरु यही फसाउने जालोमा पसिरहेका छौँ ।

नेतामा हुनु पर्ने कुरा मुख्य गरेर पक्षपातीरहितको हुनु पर्दछ । संगठनको नियमभन्दा माथि नभई संगठनको मातहतमा चल्ने हरेक अन्तरविरोधको हल जनवादी केन्द्रियताको विधिद्वारा गर्ने एक प्रकारको असल व्यक्ति हुन आवश्यक छ । एकता संघर्ष र रुपान्तरणको विधिलाई अंगाल्नु पर्ने निस्वार्थ ढंगले फिल्डको वस्तुगत रिपोर्ट पार्टीलाई दिने जनतालाई संधै गुरु संझेर पार्टी र जनताको मित्रवत सम्वन्ध कायम राखिराख्ने खालको नेतृत्व भयो भने सायद कार्यकर्ता र सदस्यहरुलाई शंका गर्नु पर्ने स्थिति आउँदैन । सत्यको समर्थन गर्ने र असत्यको विरोध गर्ने माक्र्सवादी मान्यता लागू गर्ने, चाकडी र गुटबन्दी दुबै नगर्ने खालको नेता नेपाली जनतालाई अति आवश्यकता खड्केको छ ।

कनै पनि वस्तु, व्याक्ति वा स्थानको वारेमा बर्णन गर्नेहो भने चौतर्फी कुराहरु बुझ्नु पर्दछ । हामीले नेता र नेतृत्वको मात्र कुरा गर्दा पनि खल्लो हुने गर्दछ । नेतासँगसँगै कार्यकर्ता पनि त्यही खालको हुनु पर्दछ । नेतृत्वको इच्छा र नेतृत्वअनुसार कार्यकर्ताले कर्तव्य निभाएनन् भने पनि त्यहाँ सास्ती खेप्नु पर्ने हुन्छ । कार्यकर्ताले कुनै निश्चित पार्टीको न्यूनतम र अधिकतम लक्ष्य उद्देश्यलाई स्वीकार गरेर त्यसको प्राप्ती र कार्यान्वयनका खातिर उक्त पार्टीको विधान वमोजिम संगठित सदस्यता लिई विभिन्न तहको जिम्मामा रही निशुल्क र निस्वार्थ पार्टीको काममा खट्ने कार्यकर्ता भए पछि पार्टी र संगठन सदस्यहरुलाई ढुक्क भएर काम गर्न उत्साहित हुनेगर्दछ । कार्यकर्ताको खास अर्थ योजना कार्यान्वयन गर्ने दस्ता हो, जो संगठित रुपमा हुन्छ । कुनै पनि पार्टीको नीति र योजनालाई मानेर त्यो पार्टीको दिग्विजयका लागि अगाडि बढ्ने कार्यकर्ताहरु त्यो राजनैतिक पार्टीको पहिलो पँुजी अर्थात शक्ति हुन् । संगठित कार्यकर्ताको सही परिचालन विना कुनै पनि पार्टी विजय हुन सक्दैन । त्यसैले नेता र नेतृत्वले हरदम संगठित र सशक्त कार्यकर्ताको दस्ता राख्न र क्रान्तिकारी ढंगले परिचालन गर्न ध्यान दिनु पर्दछ । स्वच्छ नैतिकता, इमानदारिता, अनुशासित, सरल स्वभाव धैर्य, सहनसिलता खुला, स्पस्ट देश भक्ति र जनताप्रति बफादार आर्थिक पारदर्शिता र श्रमशिलले भरिपूर्ण कार्यकर्ता भइदिए पछि कुनै पनि पार्टीले सास्ती व्यहोर्नु पर्दैन ।

कर्तव्य र अधिकारका कुरा गर्दा पार्टीको संस्थागत योजना र नीतिप्रति सधैँ प्रतिवद्ध रहने । कम्तीमा माक्र्सवादको आधारभूत ज्ञान हासिल गर्नु सक्ने कार्यकर्ता अवका दिनमा स्थापीत गर्नु पर्दछ । एकता, संघर्ष र रुपन्तरणको विधिलाई अंगाल्नु पर्ने, निःस्वार्थ ढंगले आफ्नो क्षेत्रको वस्तुगत रिपोर्ट पार्टीलाई दिने, जनतालाई सधैँ गुरु संझेर पार्टी र जनताको मित्रवत सम्वन्ध कायम राखी राख्ने । सत्यको समर्थन गर्ने र असत्यको विरोध गर्ने माक्र्सवादी मान्यता लागू गर्ने, चाकडी र गुटबन्दी दुबै नगर्ने व्यक्तिगत चरित्रका कार्यकर्ताहरुको अपरिहार्य आजको आवश्यकता हो ।

नेपाल एउटा यस्तो सुन्दर र विशाल राष्ट्र हो । यहाँ विभिन्न जातजाति, भाषा, भाषी, भेष, भुषा, संस्कार संस्कृतिसहितका जनताहरुको जमातले सजिएको देश हो । यहाँ धनी, गरिब, रंग, वर्ण कुनै पनि छुट्टिदैन । मात्र मानिसहरुको साझा समूहलाई जनाउँछ । त्यही जनताको बीचमा शासन गर्ने शासक वर्ग र श्रम गर्ने शाषित वर्ग बीचको अन्तरविरोधले राजनीतिक पार्टी जन्माएको कारण जनता जहिले पनि दुई समूहमा विभाजन भएको हुन्छ । एउटा धनी र अर्को गरिब । हामी माक्र्सवादीहरुले प्रायः गरिब, उत्पीडित र श्रमिक वर्गमा पर्ने मानिसहरुलाई साँचो अर्थमा जनता भन्ने गर्दछौ र तिनै वर्गको उत्थान, मुक्ति र समृद्धिका खातिर संघर्ष गर्ने गर्दछौ ।

जनताहरु खास विचार र सिद्धान्तले लेश हुँदैनन् । उनीहरुले कुन पार्टीको सरकारले आफ्नो दैनिक आवश्यकता पूर्तिमा सहज वातावरण बनाई दिन्छ उही पार्टीलाई आफ्नो ठान्ने गर्दछन् । त्यसैले आजको यो वर्तमान दुनियाँमा गरिब किसान, सर्वहारा श्रामिक वर्गहरु बढी शासकहरुको भोट बैंकका रुपमा उपयोग भईरहेको देखिन्छ । त्यसैले माक्र्सवादी दर्शनमा विश्वास गर्ने पार्टी, नेता र नेतृत्वले सम्पूर्ण उत्पीडितको फलामे ढोका तोड्ने साँचो माक्र्सवादी विचार धाराबाट निर्देशित कम्युनिष्ट समाजवादद्वारा मात्र प्राप्त हुन्छ भन्ने कुरा बुझाउन आवश्यक छ ।

जनताबाट नेता, नेतृत्व र कार्यकर्ताहरुले सिक्नु पर्ने गुणहरु

उनीहरुको निरन्तर परिश्रम र दैनिकीबाट श्रम गर्न सिक्नु पर्दछ । उनीहरु जसरी हुन्छ आत्मनिर्भर हुन्छन्, त्यो सिक्नु पर्दछ । उनीहरु जहिले पनि परिवर्तनशिल हुन्छन्, त्यो सिक्नु पर्दछ । समाज परिवर्तनको जुनसुकै परिस्थितिमा पनि अन्तिममा निर्णायक शक्ति जनता हुन्छन् । त्यसकारण जनतालाई साथमा राख्न जरुरी छ ।

एक सन्दर्भमा माओत्सेतुङले भन्नु भएको थियो कि ‘जनताले सही नेतृत्व पाए भने जनता ईतिहास निर्माता हुन यदि जनताले गलत नेतृत्व पाए भने जनता भेडा पनि हुन् ।’ त्यसैले जनतालाई कस्तो बनाउने (क्रान्तिकारी कि दक्षिण पन्थी) भन्ने कुरामा पार्टी नेतृत्व नेता र कार्यकर्ताको ठूलो भूमिका हुन्छ । जनता आफैमा कहिल्यै पनि खराब हुँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु