सनकमा पार्टी फुटको छनक

२०७९ जेष्ठ २२ गते, आईतवार
झपेन्द्रराज बैद्य



बिशेष गरेर कम्युनिष्टमा पार्टी फुटको इतिहास दोहरिरहन्छ । नीति सिद्धान्त बिचार एउटै भएपनि पद र प्रतिष्ठाको लागि पार्टी बिभाजन हुने गरेको छ। बिभाजन पछि नेताहरु आफ्नो निजि स्वार्थमा लागेर ब्यबहारिक रुपमा सिद्धान्त र बिचार छोड्दै गएका हुन्छन् । अन्ततः साम्राज्यबादको दाश बनेर गएका हुन्छ्न् ।अहिले यस्तै भएको छ । तर सबै नेताहरु बिग्रिएको अण्डा बनेका हुदैनन् । उनीहरुले फड्को मार्न नसके पनि सिद्धान्त र बिचार बचाएर राखेका हुन्छन् । तर त्यो कर्मकाण्ड जस्तै हुन्छ । तर पनि बिदेशी दलाल बन्नुभन्दा कर्मकाण्डी भएर बस्नु ठीक हुन्छ । नयाँजनबाद् ्रसमाजबादको सपना बोकेर १० बर्षे जनयुद्ध भएको हो तर बिडम्बना शीर्ष नेताहरु आआफ्नो स्वार्थमा लाग्दा जनयुद्धको सपना पूरा हुन सकेन । जनताले धोका पाए । महान जनयुद्धमा १६। १७हजार सहीद बने । हजारौ अपांग घाइते बने । हजारौं युवाहरु बिद्यालयबिहीन बने । युवाहरु बेरोजगारी भएर दिन-प्रतिदिन हजारौं युवाहरु बिदेशिन बाध्य भए। तर जनयुद्धमा धोका पाएपनि समयकोृ गति अगाडि बढिरहन्छ । नेकपा बिप्लबले जनयुद्धको मर्म र सपना अगाडि बढाउदै गर्दा जनताले केही राहत पाए । बर्गीय, लिंगीय र जातीयअसमानताबिरुद्ध जनताले नेकपालाई साथ दिए । एनसेलको १६ अर्ब रकम राजश्वमा जम्मा गर्नुपर्छ भन्ने माग राख्दा कमिशनको खेल भएकोले सरकारले कानमा तेल हालेर बस्यो । बाध्यताबश जनताले एनसेलको टावरमा हमला गरे । यसको परिणाम २ बर्षसम्म नेकपा प्रतिबन्धित भयो। ३ बुँदे सहमतीअनुसार प्रतिबन्ध खुलेको हो। तर आजका मितिसम्म २०० को हाराहारीमा कमरेडहरु कारागारमा नै जीवन बिताई रहेको बुझिन्छ । यसै बिचमा नेकपाको पूर्ण बैडक बसेको हो । तर बिडम्बना स्थानीय निर्बाचनको कार्यनीतिको बिषयलाई लिएर बैठक सकिएलगत्तै स्थानीय निर्वाचनलाई निहुँ बनाएर पार्टीमा फुट आएको हो। बैठकमा बस्दा चूप रहने तर बाहिर आउने बित्तिकै धर्मेन्द्र वास्तोला र सुदर्शन वलीले अर्को बहुमत भनिने नयाँ पार्टीको घोषणा गरेका हुन् । फुटाऊ र राजगर भन्ने दलाल पुँजिबादको नीतिअनुसार काम भएको छ। यसले पुँजिबाद र साम्राज्यादलाई हसाएको छ। मलाई लाग्छ यो शनकको छनक हो । सिद्धान्त र बिचार नमिलेर फुट भएको होइन।
यो पद र प्रतिठाको लडाई हो। आर्थिक अनियमिताको पराकाष्टा हो भनिन्छ । आर्थिक अनियमिताको आरोप हो भने आरोपितले छानबिन गरेर हिसाबकिताब देखाउन सक्नु पर्छ। पार्टीमा पुट ल्याएर दलालको ढोका घचघचाउनु पतनको बाटो हो। यस पंक्तिकारलाई लाग्छ छुट्टीएर गएको समूह फेरि फर्केर आउनुुपर्छ। नेकपाको जिल्ला-जिल्लामा संगठनको बिस्तार भएको छ। २-४ महिनाको जादूगरि होईन । १०औं बर्षलगाएर बिकास गरेको संगठन हो । के चुनाब कार्यनीतिक सवाल होइन ? पार्टीका समर्थक तथा एमसीसीबिरोधी स्वतन्त्र उम्मेदवारलाई सघाउने भनिएको छ । पैसाको चुनाबमा जित्ने आशा त हुदैन नि । तर जनतामा घुलमिल गरेर आफ्नो नीति सिद्धान्तको प्रचार प्रसार गर्न सकिन्छ। कि त ब्यापक मण्डाफोर गरेर आफ्नो पकड भएको ठाउँमा बुथ कब्जा गर्न सक्नु पथ्र्यो। तर त्यो हुन सकेन। यस अबस्थामा मौन बस्नु भन्दा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नु राम्रो देखिन्छ ।
अब साँच्चे नै क्रान्तिलाई अगाडि बढाउने हो भने फुटेर गएकाहरु फेरि जुटेर क्रान्तिलाई अगाडि बढाउनु जरुरी छ । बैज्ञानिक समाजबाद आजको आबश्यकता हो। एकीकृत जनक्रान्तिको आधिबेरीबाट समाजबादको लक्ष्य हाशिल गर्न सकिन्छ। माक््ृसबाद एउटा बिज्ञान हा े। यसको यात्रा कहिल्यै रोकेर रोकिन्न । अराजकताबादी र संशोधनबादी परास्त हुदै जान्छन । जनताको जित निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु