महिला पीडक नेपाली समाज

२०७८ पुष १८ गते, आईतवार

अनिल शर्मा

नेपाली समाज हिन्दू धर्म र त्यसको नैतिक मूल्यमा चलिरहेको समाज हो । त्यसको नैतिक आधार र आदर्श नै घोर–नारी पीडक रहेको छ । कृष्ण, विष्णु, महादेव र व्रम्हा सबै देवताहरु नारी पीडक देखिन्छन् । ब्रम्हाले ७ वर्षे बालिका र महादेवले ७ वर्षे गोमा ब्राम्हणीलाई दबाब दिएर बलात्कार गरेको पुराणहरु बताउँछन् । मनुस्मृति रामायण, महाभारत, गीता हुँदै वधुशिक्षा सम्मका पुराण (पुराना कथा) र साहित्यले नेपाली समाजको नैतिक आचारण र मूल्य निर्माण भएको छ । बेला–बेलामा लक्ष्मी, देवी, सरस्वती अनेक रुप दिएर लोकलाजको मुख थुन्ने र उपयोग गर्ने मनसाय प्रकट गरे पनि पाइला–पाइलामा दासी, उपभोग्य र नीजि सम्पत्तिको रुपमा हेरेकाछन् । त्यसको प्रभाव दरबार, रजौटा सामन्त, सरकारी कर्मचारी, धर्मगुरु, पुरोहित हुँदै पुरै समाज दिक्षित छ । यो वैचारिक धारा नै शासकीय विचारधारा भएको कारण नेपाली समाजको बलशाली धारा हो ।

सत्तारुढ विचारले थाहा नपाइकन हामीलाई कसरी प्रशिक्षित गरेको छ भन्ने केही उदाहरण हेर्न सकिन्छ । दुई वर्ष अगाडि हामी पार्टीको एउटा उच्चस्तरको बैठकमा थियौं । चिया खाने समय थियो । निर्मला पन्तको बलात्कार र हत्याको विषयमा चर्चा भइरहेको थियो । एकजना नेताले ‘तिघ्रा देखाएर हिँडेछन् अनि बलात्कार हुँदैन त ! पुरुषलाई मात्र दोष दिएर हुन्छ ?’ भनिहाले । दहलफसल गरिएन । तर मलाई अहिले पनि त्यो भनाइले प्रश्न चिडचिडाहट भइरहन्छ । यस्तो कुरा सामान्य नागरिकले भनेको भए त्यति ठूलो कुरा हुने थिएन । कम्युनिष्ट पार्टीको नेता, अझ नयाँ क्रान्ति, नयाँ कार्यदिशा अवलम्बन गर्ने भन्ने नेताको अवस्था ! त्यो कुनै युवा किशोर वा ठट्टाको विषय पनि थिएन । उनै नेताले केही महिना अघि भेट हुँदा ‘आइमाईले सक्ने भए, खतम पार्ने भए’ भनिहाले । ४८ वर्षको मुस्लिम र १६ वर्ष कि राईको प्रेम चक्कर, त्यसपछि मनोमलिन्य, मुद्दा–मामिलाको प्रसङ्ग हुँदै केटोलाई जेल सजाय भएको प्रसङ्ग थियो । पैसा असुल्ने मनसायले नक्कली प्रेम गरेको र स्वार्थ नमिलेपछि घटना भएको थियो । तर त्यो घटनामा महिला मात्र दोषी थिई त ? पैसा खर्च गरेर यौन आनन्द लिने र यौन बेचेर पैसा असुल्ने दुई जनाबीचको एकजना मात्र दोषी देखियो कसरी ? अर्को प्रसङ्ग पुस–माघमा धुलिखेलको प्रहरी हिरासतमा थिए । दुई–जना जुवाडे थिए । अखबारमा बलात्कारका समाचार हुन्थे नाङ्गै हिँडेपछि बलात्कार हुँदैन त ? भनेका थिए । केही दिनपछि सवारी दुर्घटनाका चालक आए । उनको पनि त्यस्तै भनाइ थियो । यस्तो सोचाई यी केही व्यक्तिको नभएर समाजकै सोचाइ हो । के लगाउने, कस्तो लगाउने, के कति कसरी छोप्ने व्यक्तिको नीजि प्रश्न हो । अर्काको नीजि मामिलामा आदेश–निर्देशन र मापदण्ड तोक्ने अधिकार अर्को पक्षलाई हुँदैन । ठमेलमा ब्रा । कट्टु लगाएर यूरोपिय महिला हिँडेकै छन् । सौराहामा जाडोमा नाङ्गै बालुवामा घाम तापेर पश्चिमा युवा (युवक र युवती) सुतेकै छन् । त्यसप्रकारको दृश्यमा कसैलाई अश्लिलता हुँदैन । त्यसैले ‘अश्लिलता दृश्यमा हुँदैन्, दृष्टिकोणमा हुन्छ ।’ पूर्वी नेपालको पहाडी मूलका महिलाहरु बच्चा, किशोरी, युवा र पाका सबै उमेरका कयौं महिलाहरु कट्टु लगाएर हिँडेका हुन्छन् । एउटा रोचक प्रसङ्ग छ– ‘युवा संगठनका दुईजना युवती संगठन छोडेर घरमा गएछन्’ नफर्किने गरी । नेता सम्झाउँन जाँदा ‘त्यस्तो कट्टु लगाउन नपाउने पार्टीमा पनि बस्छन् ?’ उनीहरुले भनेछन् । कमाण्डरले कट्टु लगाएको आरोपमा आलोचना गरेपछि उनीहरुले पार्टी नै छोडेका थिए । भेषभूषा, श्रृङ्गार आपूm अनुकुल भएन भन्दैमा गोरु, राँगो, बोको जस्तो उदण्ड बन्नेहरुकै पक्षमा समाजले पैरवी गरिरहेको छ । पश्चिममा महिलाहरु तिघ्रा, घाँटी, छाती प्रर्दशन गर्छन् भने हिन्दू नारीहरु नाइटो र त्यसभन्दा तलमाथि र ठाउँ देखाउने पोशाक लगाउने गर्छन । दुई वित्ताको ब्लाउज लगाउने राष्ट्रपति, प्रधानमन्त्री हिन्दू बहुल देशमा छँदैछन् । त्यसकारण हाम्रो आदर्शको जग नै कमजोर छ । महिला विरोधी छ । नारी पीडक छन् । महिलाको ब्रा र पेन्टी पनि पुरुषको इच्छा अनुसारको हुनुपर्छ । अन्यथा निर्मला पन्त बन्न तयार हुनुपर्छ । यस्तो नैतिक मापदण्ड छ समाजको ।

गएको वैशाखको कुरा हो, कालिका एफ.एम रेडियो सुन्दै थिएँ । पोखराका एकजना महिला र अर्को पुरुषको पर्यटन व्यवसायसम्बन्धी प्रतिक्रिया लिइएको थियो । फलानी ‘महिला पर्यटन व्यवसायी’ भनियो तर पुरुषको नाम अघि ‘फलानो पुरुष पर्यटन व्यवसायी’ भनिएन । लैङ्गिक चिनारी महिलालाई मात्र आवश्यक किन ठानियो विडम्बना महिलाले नै त्यो समाचार वाचन गर्दै थिइन । त्यही दिन वरपर राम्रो छाल अनलाइनमा त्यस्तै समाचार आयो । ‘महिला नेतृ उमा भुजेल’ लेखिएको थियो । समाचार लेख्ने पत्रकारलाई मैले जिज्ञासा राखें । कुनै पुरुषको समाचार भएको भए ‘पुरुष नेता फलाना’ भन्नुहुन्थ्यो ? महिला संङ्गठनको नेता भएको भएपनि ठिकै हुन्थ्यो होला । त्यस्तो अवस्था पनि थिएन । हामीलाई हामीले नै थाहा नपाउनेगरी लैङ्गिक विभेद गर्न प्रशिक्षित गरिरहेको छ सामाजिक चेतनाले ।

मोरङ प्रहरी हिरासतमा एकजना बहुविवाहका थुनुवा थिए । जेठी श्रीमतीले माइतीको उक्साहटमा ५ वर्षपछि मुद्दा हालेर थुनाइएको गुनासो गर्थे । आपूm अन्यायमा परेको बुझाई हुने नै भयो । मलाई भने उनको कुरामा विश्वास भएन । उनी भनिरहन्थे । “मिलाएर राखेको थिएँ । उचाल्ने कार्य भयो ।” छलफलकै क्रममा जङ्ग चलेपछि मैले उनलाई सोधें “तपाईंको जेठी श्रीमतीले तपाईंको घरमा तपाईं र अर्को पुरुष साथी दुबैलाई मिलाएर राख्न पाउने कि नपाउने ?” पुरुषले दुईटी श्रीमती ‘म्यानेज’ गर्न पाउँछ भने महिलाले दुईटा लोग्ने ‘म्यानेज’ गर्न पाउने कि नपाउने ! मेरो भनाईले पुरुष अहम्मा ठूलो चोट लागेछ । उनी त अझ मधेसी मूलका थिए । त्यो रात उनी निदाउनै सकेनन् । भेटघाटमा ‘तनावमा छु’ भन्थे ।

महिला हिंसा र विभेदमा पश्चिमहरु नेपाली समाज भन्दा पनि पछौटे र अनुदार देखिन्छन् । अमेरिकाको संसद्मा ट्रम्प समर्थक उदण्डहरुको जत्थाले हमला गरेपछि रिपब्लिकन पार्टीका १० जना महिला विधायकहरुले रिपब्लिकन राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोगमा मतदान गरेपछि उनीहरुलाई धम्की दिइयो । उनीहरुले प्रहरी समक्ष सुरक्षा माग गर्नुप¥यो । नेपालमा ओली या नेपाल दाहाल समुह छाडेको वा नछाडेको आधारमा ज्यान मार्ने धम्की दिएको सुनिएन । हिलारी क्लिनटन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव लडिरहेकै बेला सि.के. लालले ‘अमेरिकाले कुनै कालो पुरुषलाई राष्ट्रपति बनाउला तर महिलालाई बन्न दिँदैन’ भनेका थिए । नभन्दै हिलारीले चुनाव हारिन । ओवामाले जिते । युरोपको अवस्था पनि त्यस्तै देखिन्छ । महिला हिंसा र विभेदका विषय र शैली फरक छन् ।

महिला आन्दोलन र महिला दिवस तीज वा जितिया पर्वजस्ता हुने त्रास छ । बहस नै गन्गन् लाग्दा छन् । झर्को लाग्दा छन् । तिनीहरु ‘भोट’ मागिरहेका छन् कि संघर्ष गरिरहेका छन् भन्ने लाग्छ । ब्रख्त भन्छन् “भूmटको जग माथी खडा भएको सामाजिक संरचनमा यथार्थलाई अनावरण गर्नु भनेको त्यसको भत्र्सना गर्नु हो । सत्ता र सत्य, पृष्ठ !७७ अनु. खगेन्द्र संग्रौला)! आर्थिक राजनैतिक र सांस्कृतिक क्षेत्रमा रहेका समस्या यथावत राखेर गरिने बहस अर्थपूर्ण हुँदैन् । वैचारिक बहस नै सार्थक भएन भने हरेक मार्चमा ‘सराध्यमा बिरालो बाँधेर’ मात्रै कति अर्थ होला र ! – धुलिखेल हिरासत

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु