‘जनमत संग्रह जनताको लोकप्रिय कार्यनीति’

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रह जनताको लोकप्रिय कार्यनीति भएको बताउँदै यसले वैज्ञानिक समाजवादीमा पुर्याउने ठोकुवा गरेका छन । महासचिव विप्लवले पार्टीनिकट मगर मुक्तिमोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले मगरजातिले परिवर्तनका लागी विद्रोह गर्दै आएको बताउदै नेपालको प्रथम सहिद लगन थापामगर लगायत विभिन्न आन्दोलनमा रगत बगाउने सहिदहरू कुनै निश्चित जातिको लागि रगत बगाएको नभई सिङ्गो उत्पीडित र श्रमिक जनताको मुक्तिको लागि रगत बगाएको बताए । उनले नेपालमा चलेको १० बर्षे जनयुद्ध प्रचण्ड बावुरामको अनुहार हेरेर नभई नेपालका लाखौ श्रमिक उत्पीडित जनताको मुक्तिका लागि लडिएको र सो क्रममा हजारौ सहिद, वेपत्ता, घाइते एवं कैयौ चेलीहरू बलात्कृत हुनुपरेको प्रसङ्ग कोत्याउदै जनयुद्धमा भएको बलिदानको भार ठेक्न नसकेर तत्कालीन नेतृत्व लड्बडाइरहेकोले आफुहरूले ती सहिदका सपना पुरा गर्न नयाँ आन्दोलनको नेतृत्व गर्नुपरेको समेत जिकिर गरे ।
मगर मुक्तिमोर्चा नेपालको चौंथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गमबहादुर श्रीस मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं केन्द्रीय जनपरिषदका संयोजक सन्तोष बुढामगर, पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल बिश्वकर्मा, पार्टीका केन्द्रीय सदस्य एवं सहिद तथा वेपत्ता परिवार समाजका संयोजक आस्था, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिव उषा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल भूमिहिन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुन, पार्टीका केन्द्रीय सदस्यहरू विप्लव, असल, विकिरण, उभार, सामना सांस्कृतिक परिवारका प्रतिनिधि आरोही, युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष विश्लेषण, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य अटल, जनक्रान्तिका घाइते अपाङ्ग संगठनका प्रतिनिधि पासाङ, एकीकृत जनक्रान्तिका सहिद जगत पुनका जेठा छोरा हिमाल पुन, पुर्व जनमुक्ति सेना नेपालका बिग्रेड सहकमाण्डर लालु किसान (आकाश), पार्टीका पर्वत जिल्ला सेक्रेटरी अनन्त, म्याग्दी सेक्रेटरी दिपा, बाग्लुङ जिल्ला सेक्रेटरी आकाश, मुस्ताङ जिल्ला सेक्रेटरी नवीन, म्याग्देली कम्युनिष्ट नेताहरू भुमिराज पुन, शिव श्रेष्ठ, ध्रुवलाल शर्मा, मिनबहादुर बाँनिया (अशोक) लगायतको आतिथ्यता रहेको थियो । सम्मेलन आयोजक समितिका सदस्य इन्द्र घर्तीमगरको सञ्चालनमा चलेको कार्यक्रममा निरू थापामगरले मन्तव्य मार्फत स्वागत गरेका थिए भने सामना सांस्कृतिक परिवार केन्द्रीय टिमले स्वागत गीत प्रस्तुत राखेका थिए । हजारौ संख्यामा जनसहभागिता थियो भने १० भन्दा बढी समुहले स्थानीय झाँकी प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु